पीसीआर रिपोर्ट नआउँदै घर पठाइएका १७ जनामा कोरोना पोजेटिभ
नेपालबहस संवाददाता
असार १, २०७७ सोमबार १८:५५:४९
१ असार, दाङ । दाङ घोराहीमा १७ जनामा कोरोना पोजेटिभ भेटिएको छ। पीसीआर रिपोर्ट नआउँदै घर पठाइएका कोरोना संक्रमितको रिर्पोट पोजेटिभ आएको हो ।
घोराही उपमहानगरपालिका वडा नं. १७ स्थित चौघेरा क्वारेन्टिनमा बसेका १३ र वडा नं. १७ कै प्रावि क्वाडीमा बसेका ४ जनामा कोरोना पोजेटिभ भेटिएको हो।
घोराही उपमहानगरपालिका वडा नं. १७ स्थित चौघेरा क्वारेन्टाइनमा बसेका ३५ मध्ये १६ जनालाई जेठ २८ गते रिपोर्ट नआउँदै घर पठाइएको थियो। तर उनीहरूमध्ये १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
चौघेरा क्वारेन्टाइनमा बसेका कुल ३५ जनाको जेठ २१ गते पिसिआर टेस्टको लागि स्वाब संकलन गरिएको थियो। त्यसको दोस्रो दिन ‘जेठ २२ गते’ ६ जना आरडिटी टेस्ट गरेर घर पठाइयो।
थप १६ जनाको स्वाब संकलन गर्दा एक हप्तासम्म पनि रिपोर्ट नआएपछि जेठ २८ गते घर पठाइयो। तिनैमध्येका १३ जनामा आइतबार रिपोर्ट पोजेटिभ आएको छ ।
रिपोर्ट पोजेटिभ आएकाहरू जेठ ७, ८ र ९ गते छिमेकी देश भारतबाट आएकाहरू हुन् । १३ जना संक्रमितमध्ये १२ पुरूष र एक जना महिला छन् । त्यसैगरी वडा नं. १७ कै प्रावि क्वाडीबाट घर पठाइएका थप ४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणको रिपोर्टमा आइतबार नै घर पठाइएका १७ जनामा संक्रमण पुष्टि भए पनि सार्वजनिक गरिएको छैन। स्वास्थ्य मन्त्रालयको निर्देशिकामा १० दिनभन्दा बढी समय क्वारेन्टाइनमा बसेका र कुनै पनि लक्षण नदेखिएकाहरूलाई पीसीआर चेकजाँच नै नगरी घर पठाउन सकिने उल्लेख छ।
यसैबीच सोमबार घोराही १७ चौघेराका सर्वसाधारणले वडा कार्यालय घेराउ गरेका छन्। रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट मानिसहरू घर पठाएको भन्दै वस्थानीयले वडा कार्यालय घेराउ गरेका हुन् । समुदायमा कोरोना संक्रमण भएको आशंका व्याप्त भएपछि गाउँका मानिसहरू त्रसित छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु
कात्तिक २१, २०८१ बुधबार
मन्ट्रियल पर्यटन मेलामा नेपाल सहभागी
कात्तिक २१, २०८१ बुधबार
देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक २१, २०८१ बुधबार
बसको ठक्करबाट एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर
कात्तिक २१, २०८१ बुधबार
स्थानीय तह उपनिर्वाचनः कति पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ?
कात्तिक २१, २०८१ बुधबार
छठको दोस्रो दिन आज ‘खरना’
कात्तिक २१, २०८१ बुधबार