सरकारसँग १० अर्बको हिसाब माग्दै नेबिसंघद्धारा प्रदर्शन
नेपालबहस संवाददाता
असार १, २०७७ सोमबार २०:५२:५६
१ असार, काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सरकारले गरेको खर्च पारदर्शी हुनुपर्ने बताएको छ।
सरकारले कोरोना नियन्त्रणमा भएको खर्चबारे सार्वजनिक गरिसकेको अवस्थामा नेविसंघले सोमबार काठमाडौंस्थित बानेश्वरमा प्रदर्शन गर्दै केमा कति रकम खर्च भएको पारदर्शी ढंगबाट सार्वजनिक गरिनुपर्ने माग राखेको हो।
नेविसंघले ‘सरकार, दश अर्बको हिसाब खोइ ?’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । नेविसंघ महामन्त्री दीपक भट्टराईले सरकारले कोरोना नियन्त्रण र रोकथाममा गरेका खर्च पारदर्शी नभएकोले प्रदर्शन गर्दै खबरदारी गरिएको बताए।
नेबिसंघले देशैभरिका क्वारेन्टाइन स्थल सुरक्षित र व्यवस्थित बनाउन सरकारले नसकेको पनि बताएको छ। क्वारेन्टाइनमा महिलाको बलात्कारका घटना सार्वजनिक हुनुले क्वारेन्टाइन व्यवस्थापन र सुरक्षामा सरकार चुकेको देखिएको बताएको छ ।
भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रेको नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर जलाएका छन् । नेविसंघ अध्यक्ष राजीव ढुंगानासहित केन्द्रीय पदाधिकारीको उपस्थितिमा नेविसंघ सडक प्रदर्शनमा उत्रिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
एसपी थापालाई बाहिर राखेर भैँसेपाटी प्रकरणमा ६ जनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस
मंसिर ५, २०८१ बुधबार
आणविक हतियारको प्रयोगलाई अनुमति दिने आदेशमा पुटिनको हस्ताक्षर
मंसिर ५, २०८१ बुधबार
राफेल नाडालको टेनिसबाट बिदाई
मंसिर ५, २०८१ बुधबार
एआर रहमान र सायरा बानोको सम्बन्धविच्छेद
मंसिर ५, २०८१ बुधबार
ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनीतिमा बाइडेन, २७५ मिलियनको हतियार दिँदै
मंसिर ५, २०८१ बुधबार