हेर ! यस्तै छु म
नेपालबहस संवाददाता
असार १, २०७७ सोमबार २१:५७:५२
तिमीले देखेभन्दा फरक छु म
तिमीले सोचेभन्दा भिन्न छु म
जिन्दगीको लामो यात्रामा दौडिँदै छु म
जीवनको पाना पानामा रंगिदै छु म
केही सिक्दै त केही सिकाउँदै
केही जान्दै त केही बुझाउँदै
केही दिँदै त केही पाउँदै
केही पाउँदै त केही गुमाउँदै
लड्छु म कहिले त उठ्छु पनि
विर्सन्छु म कहिले त सम्झन्छु पनि
लिँदै छु म ज्ञान विगतका गल्तिहरुबाट
खुशी छु म आज आफ्नै अनुभवबाट
हरेक बिहानी आउँछ आशाको किरण जगाउँदै
मेरो आत्माविश्वासलाई अझै बढाउँदै
हेर ! यस्तै छु म
तिमीले देखे र सोचेभन्दा भिन्न छु म
बनाउँछ छायाँलाई हरदम कोमल र प्रेमल
उसलाई जति हेर्यो त्यती मन प्रफुलित र निर्मल
छन् गहन अनुभुती र अविस्मरणीय दृश्य
छन् सबै थोक यसमा हर पाप र पुन्य
हो आनन्दको महासागर, परमानन्दको जगत
यो हो आँखा बन्द गरेर देखिने जगत
केबल मेरो अन्तरजगत ।।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार
पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
मंसिर १०, २०८१ सोमबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार