अझै चार दिनका लागि शेयर बजार बन्द
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार १, २०७७ सोमबार २२:४९:२८
![](https://nepalbahas.prixacdn.net/media/albums/stock_exchange_nepse_u9BbkGx5fU.jpg)
१ असार, काठमाडौं । सोमबारदेखि बैंक तथा वित्तीय संस्थाहरु संचालनमा आए पनि शेयर बजार भने बन्द रहने भएको छ। नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सूचना जारी गर्दै चार दिनका लागि बन्द गरिएको जानकारी दिएको हाे।
नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार चार दिनका लागि शेयर कारोबार बन्द रहने छ। बोर्डको जेठ १ गतेको पत्र अनुसार सरकारले कोरोना भाइरसका कारण गरेको लकडाउन अवधिभर धितोपत्रको दोस्रो बजारको कारोबार साबिक बमोजिम स्थगन गर्न व्यवस्था मिलाउन निर्देशन प्राप्त भएकाले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडले सञ्चालक समितिको निर्णय अनुसार धितोपत्र सूचीकरण तथा कारोबार सोमबारदेखि बिहीबारसम्मका लागि स्थगन गरिएको सूचनामा उल्लेख छ।
विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण राकथामका लागि सरकारले गत चैत ११ गतेदेखि सुरु गरेको लकडाउन करिब तिन महिनापछि खुकुलो बनायो। लकडाउन अवधिभर शेयर कारोबार दुई पटक मात्र खुलेको थियो।
असार १ गतेदेखि लागू हुने गरी सरकारी तथा निजी कार्यालय, बैंक, वित्तीय संस्थाहरु दुई सिफ्टमा सञ्चालन गर्न गत साता सरकारले बिहीबार निर्णय ग¥यो। सोही निर्णयको आधारमा सोमबारदेखि बैंक तथा वित्तीय संस्थाहरु संचालनमा आएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार