कोरोनाको आशङ्कामा मृतकको शव छ घण्टापछि दाहसंस्कार
नेपालबहस संवाददाता
असार २, २०७७ मंगलबार १४:५:५२
२ असार भद्रपुर । झापाको मेचीनगर नगरपालिका–११ मा मिर्गौला खराब भएर मृत्यु भएका एक वृद्धको शव गाउँलेका कारण सोमबार छ घण्टापछि मात्र दाहसंस्कार गरिएको छ । गाउँले कोरोनाका कारण मृत्यु भएको आशङ्का गर्दै उनको शव दाहसंस्कार गर्न घाट लैजानबाट रोकेका थिए ।
घटनाबारे तत्काल जानकारी पाउनेबित्तिकै मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले नगरको स्वास्थ्य शाखालाई शवको अवस्थाबारे बुझ्न र व्यवस्थापन गर्न निर्देशन दिएका थिए। नगरको स्वास्थ्यकर्मीको टोली मृतकको घर पुगेर अस्पताल रिपोर्ट जाँच गर्दा दुवै मिर्गौला खराब भएर मृत्यु भएको पुष्टि गरेपछि मात्र गाउँले घरबाट उनको शव उठाउन दिएका थिए । मृतक एक हप्ताअघि मात्र उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना भएका थिए । उनलाई अस्पतालले शुक्रबार घर फर्र्काएको थियो । उनको सोमबार बिहान ८ बजे घरमै निधन भएको हो ।
“नोबेल अस्पतालको रिपोर्ट हेर्दा कोरोना भएको देखिँदैन”, नगर स्वास्थ्य शाखा प्रमुख शशिकला राईले भने, “दुवै मिर्गौला खराब भएको रहेछ । गाउँलेलाई सबै कुरा बताएपछि मात्र अन्त्येष्टि गर्न दिए ।” पालिकाले चार जना गाउँलेलाई पिपिइ, पञ्जा र मास्क दिएपछि शव उठाएर दाहसंस्कार गरिएको थियो ।मृतक भारतीय सेनाबाट निवृत्त भएका हुन् । उनी बन्दाबन्दीअघि पेन्सन थाप्न भारतको बागडुग्रास्थित हात्तीसारको पेन्सन अफिसमा गएका थिए ।
बन्दाबन्दी भएसँगै भारतमै छोरीज्वाइँको घरमा बसेका उनलाई बिरामी भएपछि एक हप्ताअघि मात्र पूर्वीनाका काँकडभिट्टा हुँदै एम्बुलेन्सबाट बिर्तामोडस्थित मनमोहन अस्पताल ल्याइएको थियो । मनमोहनले उपचार गर्न नसक्ने बताएपछि उनलाई उपचारका लागि नोबेल अस्पताल लगिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार