गण्डकीका पाँच जिल्लामा १८ कोरोना सङ्क्रमित थपिए
नेपालबहस संवाददाता
असार २, २०७७ मंगलबार १५:५८:२९
२ असार, कास्की । गण्डकी प्रदेशको कास्की, गोरखा, स्याङ्जा, बाग्लुङ र नवलपरासी ‘बर्दघाट सुस्तापूर्व’ जिल्लामा आज थप १८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गरी गोरखामा १०, स्याङ्जामा चार, नवलपरासीमा दुई तथा कास्की र बाग्लुङमा एकरएक जनामा नयाँ सङ्क्रमण पुष्टि भएको जनाएको छ । यससँगै हालसम्म प्रदेशमा सङ्क्रमितको सङ्ख्या २२३ पुगेको छ ।
स्याङ्जाको चापाकोट नगरपालिकाका वर्ष १८, ३५, ३९ र १८ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी गोरखाको गोरखा नगरपालिकाका वर्ष ३२, ३५, २१, १६, ५३, २९, २५ वर्षका पुरुष र ३१ वर्षीया महिला, बारपाक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षीय दुई पुरुषमा सङ्क्रमण फेला परेको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।
नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाका १८ वर्षीय तथा मध्यविन्दु नगरपालिकाका १९ वर्षीय पुरुष, कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षीय पुरुष तथा बाग्लुङको ताराखोला गाउँपालिकाका ३४ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । नयाँ सङ्क्रमण पुष्टि भएकाहरु सबै भारतबाट फर्किएको र सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेकामा हाल उपचारका लागि जिल्लामा रहेको आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए ।
प्रदेशका हिमालपारिका मनाङ र मुस्ताङबाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ । अहिलेसम्म स्याङ्जामा ६४, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४८, बागलुङमा ४१, पर्वतमा २६, गोरखामा २५, तनहुँमा नौ, कास्कीमा छ, म्याग्दीमा तीन र लमजुङमा एक सङ्क्रमित छन् । कूल सङ्क्रमितमध्ये १२ महिला छन् । सङ्क्रमितमध्ये २० विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । एक जना सङ्क्रमितको भने मृत्यु भएको छ ।
प्रदेशमा हालसम्म आठ हजार ४४३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन ‘स्वाब’ लिइएकामा पाँच हजार ८६२ को नतिजा नेगेटिभ आएको छ । स्वाब लिइएकाहरुमध्ये दुई हजार ३७६ को नतिजा आउन बाँकी रहेको बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
सर्वोच्चका तीन फैसलाः विद्युत व्यापार, बक्यौता र दूरसञ्चार रोयल्टीमा सरकारलाई राहत
कात्तिक २१, २०८१ बुधबार
फरफराइ रहेको नेपालको राष्ट्रिय झण्डा
कात्तिक २१, २०८१ बुधबार
स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष
कात्तिक २१, २०८१ बुधबार
महिला यू-१९ विश्वकपको एसिया क्वालिफायर आजदेखि, नेपालले थाइल्याण्डविरुद्ध खेल्दै
कात्तिक २१, २०८१ बुधबार
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त खुल्यो
कात्तिक २१, २०८१ बुधबार
ससुरालीमा लुकेर बसेको अवस्थामा पोखराको मित्र मिलन सहकारीका उपाध्यक्ष लम्साल पक्राउ
कात्तिक २१, २०८१ बुधबार