एम्बुलेन्स चालक असुरक्षित भएको भन्दै स्वास्थ्य सुरक्षाको माग
नेपालबहस संवाददाता
असार २, २०७७ मंगलबार १६:७:४५
२ असार, लहान । दैनिकजसो कोरोना सङ्क्रमितको सम्पर्कमा आउने सिरहाका एम्बुलेन्स चालकले असुरक्षित भएको भन्दै स्वास्थ्य सुरक्षाको माग गरेका छन् । कोरोना भाइरस सङ्क्रमितको ओसारपसार गर्ने एम्बुलेसन्सका चालकले आफूहरुको ज्यान जोखिममा परेको भन्दै स्वास्थ्य सुरक्षाका लागि सरोकारवालालाई गुहारेका हुन् ।
एम्बुलेन्स चालकहरुको संस्था सगरमाथा एम्बुलेन्स चालक एशोसिएशन सिरहाले स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै आफ्नो घरपरिवार छाडेर दिनरात कोरोना सङ्क्रमितसँगै अन्य बिरामीको ओसारपसार गर्दै आएका एम्बुलेन्स चालकहरु स्वास्थ्य सुरक्षा सामग्रीको अभाव, बास बस्ने उचित व्यवस्था नभएको र स्वच्छ तथा स्वस्थ्य खानाको समस्याका कारण त्रासमा रहेको ध्यानाकर्षण गराएको छ ।
“हामी दैनिकजसो सङ्क्रमितको सम्पर्कमा हुन्छौँ”, एम्बुलेन्स चालक सङ्घ सिरहाका सचिव दिलीपकुमार दासले भने, “तर हामीले न त पिपिइ सेट पाएका छौँ, न त राम्रो बस्ने र स्वच्छ तथा स्वादिष्ट खाना नै पाइरहेका छौँ, त्रासैत्रासको बीचमा हामी आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छौँ ।” दासका अनुसार एम्बुलेन्स चालकले दिनरात बिरामीको सेवाका कारण सुत्ने र बस्ने ठाउँ निश्चित नहुँदा कहिलेकाहीँ एम्बुलेन्समै र कहिले रुखमुनि सुतेर समय बिताइरहेका छन् ।
पटक–पटक आफूहरुले भोग्दै आएको समस्याबारे सम्बन्धित निकायलाई जानकारी गराउँदै आए पनि अझै सम्बोधन हुन नसकेकाले इलाका प्रशासन कार्यालय लहानमा ज्ञापनपत्र बुझाएको सचिव दासले बताए । स्वास्थ्यकर्मीसँगै आफूहरु पनि कोरोना भाइरसविरुद्धको अग्रमोर्चामा रहेर काम गर्दै आए पनि त्यसअनुसार स्वास्थ्य सुरक्षाको अनुभूति गर्न नसकेकाले सरोकारवाला निकायलाई गुहारेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
तिहारमा ५० करोडको फूल बेचियो
कात्तिक २१, २०८१ बुधबार
मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु
कात्तिक २१, २०८१ बुधबार
मन्ट्रियल पर्यटन मेलामा नेपाल सहभागी
कात्तिक २१, २०८१ बुधबार
देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक २१, २०८१ बुधबार
बसको ठक्करबाट एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर
कात्तिक २१, २०८१ बुधबार
स्थानीय तह उपनिर्वाचनः कति पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ?
कात्तिक २१, २०८१ बुधबार