सामाजिक दूरी कायम गरी पेशा व्यवसाय सञ्चालन गर्नुपर्ने
नेपालबहस संवाददाता
असार २, २०७७ मंगलबार १८:८:४३
२ असार, काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सामाजिक तथा भौतिक दूरी कायम गरी पेशा व्यवसाय सञ्चालन गर्नुपर्ने बताएको छ । नगरपालिकाका प्रमुख घनश्याम गिरीको अध्यक्षतामा सोमबार बसेको सुरक्षा निकायसहित ६ वटै विषयगत समितिको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर पेशा, व्यापार, व्यवसाय र कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले असार १ देखि सामाजिक, भौतिक दूरी र स्वास्थ्य मापदण्ड पालना गरेर पेशा व्यवसायलगायत आवश्यक कार्यालय खोल्ने सरकारको निर्णयअनुसार सोही निर्णयलाई पालना गर्नुपर्ने बताए ।
चन्द्रागिरिले कोरोना सङ्क्रमणको जोखिम पालना नगरे जुनसुकै बेला सूचना जारी गरी उपयुक्त कदम चाल्न सक्ने जनाएको छ । चन्द्रागिरी नगरपालिका काठमाडौं उपत्यका भित्रिने मुख्य प्रवेशद्धारमा रहेको नगरपालिकासमेत भएकाले जोखिम बढ्नसक्ने भन्दै विशेष सावधानी अपनाउन सबैलाई आग्रह गरिएको छ ।
प्रवक्ता महर्जनले नगरपालिकाभित्र सञ्चालन हुने निर्माण, सेवा, पेशा, व्यवसाय सञ्चालन गर्दा सामाजिक तथा भौतिक दूरी र स्वास्थ्य मापदण्ड पालना गर्नका लागि सचेतनाका कार्यक्रम समेत सञ्चालन गर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
बस्दै नबसी प्रतिनिधिसभा स्थगित, अर्को बैठक जेठ ६ गते बस्ने
जेठ ४, २०८१ शुक्रबार
माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थल
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
गृहमन्त्रीको विरोधमा संसद भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार