अमेरिकामा काेराेनाको उपचारमा औलोको औषधिमाथि प्रतिबन्ध
नेपालबहस संवाददाता
असार २, २०७७ मंगलबार २१:२९:३१
२ असार, एजेन्सी । अमेरिकी नियामक निकायहरुले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको उपचारमा औलोको औषधिको प्रयोगमाथि प्रतिबन्ध लगाएका छन् । बिना वैज्ञानिक तथ्य र प्रमाणकै आधारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोविड–१९ को उपचारका लागि औलोको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्वीन औषधि प्रयोग गर्न सुझाव दिँदै आएका थिए ।
राष्ट्रपतिको उक्त विवादित सल्लाहलाई चिकित्सा विज्ञानका क्षेत्रमा क्रियाशिल वैज्ञानिक समुदायले हास्यास्पद भन्दै यो औषधि प्रयोगमा सावधानी अपनाउन आग्रह गरिरहेका थिए । स्वयं अमेरिकी वैज्ञानिकहरु पनि राष्ट्रपति ट्रम्पको सल्लाहमाथि विश्वस्त हुन सकेका थिएनन् । अमेरिकाको शक्तिशाली नियामक निकाय अमेरिकी फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन ‘एफडीए’ले कोरोना भाइरसको उपचारमा हाइड्रोक्सिक्लोरोक्वीन र क्लोरोक्वीन प्रभावकारी नदेखिएको जनाएको छ । यी औषधिको सेवन गर्दा मानिसको मुटुमा समस्या देखिएको प्रतिवेदन प्राप्त भएको भन्दै एफडीएले कोरोना संक्रमित व्यक्तिलाई यी औषधिले केही राहत दिएपनि स्वास्थ्य जोखिम लिन नसकिने स्पष्ट गरेको छ ।
एफडीएले कोरोनाको उपचारमा प्रयोग भइरहेको अर्को औषधि रेमडेसिभरसँग हाइड्रोक्सिक्लोरोक्वीन वा क्लोरोक्वीन मिसाएर बिरामीलाई नदिन पनि चिकित्सकहरुलाई चेतावनी दिएको छ । एफडीएले औलोको औषधिले रेमडेसिभरको प्रभावकारीतामा पनि कमी ल्याउने बताएको छ ।
हाइड्रोक्सिक्लोरोक्वीन र क्लोरोक्वीन औषधि सामान्यतया आर्थराइटिसका बिरामीको उपचारमा प्रयोग हुने गर्दछ । तर यी औषधिका केही खतरनाक नकारात्मक असरहरु पनि हुने गर्दछ । यस औषधिको सेवनबाट मुटुमा समस्या देखिनुका साथै रक्तचात निकै घट्ने तथा मांसपेशी वा स्नायू प्रणालीमा क्षति पुग्दछ ।
एफडीएले यी औषधिका ३९० जना प्रयोगकर्ताहरुबाट स्वास्थ्य जटिलता उत्पन्न भएको गुनासो प्राप्त भएको जनाएको छ । यीमध्ये पनि १०० जनाभन्दा बढीमा मुटुको गम्भीर समस्या उत्पन्न भएको थियो । कोरोना भाइरसको उपचारमा प्रयोग गर्नेगरी अमेरिकी संघीय निकायहरुमा रहेको ठूलो परिमाणको औलोको औषधि अब राज्य र स्थानीय तहमा वितरण गरिने छैन ।
क्लिभल्यान्ड क्लिनिकका अनुसन्धाता डा स्टिभन निस्सेनले एफडीएको पछिल्लो निर्णय स्वागतयोग्य रहेको प्रतिक्रिया दिए । उनले हाइड्रोक्सिक्लोरोक्वीनको औषधिको प्रामाणिकतामा कुनै विश्वासिलो आधार पहिल्यैदेखि नदेखिएको र यसले शरीरमा नकारात्मक असर पार्ने भएकाले यो औषधिको जथाभावी सेवन गर्न नहुनेमा जोड दिए ।
बिहीबार अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट ९एनआइएच० को एक विज्ञ समूहले पनि अध्ययन प्रयोजन बाहेक आमरुपमा यो औषधि सेवनमा प्रतिबन्ध लगाउन सिफारिस गरेको थियो । एफडीए र एनआइएच दुबैले कोरोना भाइरसको उपचारमा यी औषधिको प्रयोग नगर्न स्पष्ट सन्देश दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस फैलिन शुरु भएलगत्तै हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग गर्न सकिने भन्दै व्यापक वकालत गर्नु भएको थियो । राष्ट्रपति ट्रम्पको लगातारको प्रयासपछि धेरै अमेरिकी र विश्वका कतिपय मुलुकका नागरिकले औलोको औषधि खोजीखोजी सेवन गर्न थालेका थिए जसका कारण बजारमा यी औषधिको अभाव समेत हुन थालेको थियो ।
केही अनुसन्धानले कोविड–१९ को उपचारमा औलोका औषधिहरु केही मात्रामा उपयोगी हुन सक्ने देखाएका थिए, तर ती त्यति विश्वासयोग्य थिएनन् । पछिल्लो समय ठूलो जनसमूहमा गरिएका अध्ययनहरुले औलोको औषधिले फाइदा भन्दा पनि बढी मानव स्वास्थ्यमा हानि गर्ने ठहर गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु
कात्तिक २१, २०८१ बुधबार
मन्ट्रियल पर्यटन मेलामा नेपाल सहभागी
कात्तिक २१, २०८१ बुधबार
देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक २१, २०८१ बुधबार
बसको ठक्करबाट एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर
कात्तिक २१, २०८१ बुधबार
स्थानीय तह उपनिर्वाचनः कति पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ?
कात्तिक २१, २०८१ बुधबार
छठको दोस्रो दिन आज ‘खरना’
कात्तिक २१, २०८१ बुधबार