बन्दाबन्दी खुकुलोसँगै आँखा अस्पतालमा बिरामीको सङ्ख्या वृद्धि
नेपालबहस संवाददाता
असार २, २०७७ मंगलबार २२:२८:४४
◊ सञ्चिता घिमिरे
२ असार, काठमाडौं । सरकारले बन्दाबन्दी खुकुलो बनाएसँगै तिलगङ्गा आँखा अस्पतालमा आउने बिरामीको सङ्ख्या बढ्न थालेको छ । गत सातासम्म दैनिक १५० जनाको हाराहारीमा अस्पताल आउने गरेकामा यो सङ्ख्या अहिले २५० पुगेको छ । बन्दाबन्दीले यातायात साधनको अभावमा धेरै जना अस्पताल आउन नसकेपनि अहिले निजी सवारीसाधन खुुलेकाले अस्पतालमा आउनेको सङ्ख्या बढेको अस्पताल निर्देशक डा रोहित सैँजुले बताए । अस्पतालले अपेक्षा गरेअनुसार भने सङ्ख्या बढिसकेको छैन । उपत्यकामा पनि आफ्नो साधन नभएकाहरु आउन सकेका छैनन् । उनले भने, “अहिलेसम्म जटिल अवस्थाका बिरामी मात्रै आइरहेका छन् ।”
सामान्य अवस्थामा काठमाडौं उपत्यका भन्दा बाहिरबाट बढी बिरामी आउने गरेका थिए । अहिले बाहिरबाट आउन नसकेकाले बिरामी कम भएको हुनसक्ने निर्देशक सैँजुले बताए । उपत्यका बाहिरबाट जटिल अवस्थाका बिरामी एम्बुसलेन्सबाट आइरहेका छन् । सामान्य अवस्थामा सबैभन्दा बढी तराईबाट बिरामी आउँथे । उनले भने, “तराईमा जनसङ्ख्या बढी भएकाले होला बिरामी पनि त्यहीबाट आउने गरेका छन् ।”अस्पतालले बन्दाबन्दीमा यहाँ कार्यरत २० विशेषज्ञको टेलिफोन नम्बर उपलब्ध गराएको छ । कुनै बिरामीले पहिले समस्या हुँदा सोही नम्बरमा सम्पर्क गरेर सम्पर्क गरिरहेको निर्देशक डा सैजुले बताए । कतिपय बिरामीले पहिले औषधि खाइरहेकामा त्यसलाई थप गर्ने कि नगर्ने भनी टेलिफोनबाट सल्लाह दिइने उनले बताए । उनले भने, “अहिले पनि आठदेखि १० जनाले टेलिफोनबाटै परामर्श लिइरहेका छन् ।”
अस्पतालमा बन्दाबन्दीको समयमा शल्यक्रिया गरेर ‘फलो अप’ का बिरामी वा अकस्मात कुनै समस्या आइपरेका बिरामी आउने गरेका थिए । बन्दाबन्दी शुरु हुनासाथ परिवार नै आँखा जचाँउन आउँदा अस्पतालमा भीडभाड भएको निर्देशक डा सैँजुले बताए । सबैको बिदाको समय भएकाले त्यसको सदुपयोग गरेर आँखा जचाँउन आउने धेरै थिए । कोभिड–१९ सङ्क्रमण फैलिने हुनाले अस्पतालले यसलाई कम गरेको उनले बताए। उनले भने, “लकडाउन थपिरहँदा बिरामीको सङ्ख्या घटेको थियो ।”
सामान्य अवस्थामा अस्पतालमा दैनिक ६० देखि एक सय जनासम्मको शल्यक्रिया हुन्छ । अहिले त्यो सङ्ख्या पाँच छ जना मात्रै रहेको छ । टेलिफोनबाट समस्या सुनेर सल्लाह दिँदा चिकित्सकले अति आवश्यक हुँदा अस्पतालमा बोलाउने तर कुनै समस्या सुन्दा त्यो सामान्य समस्या भएमा नजिकैका औषधि पसलमा गएर औषधि किनेर प्रयोग गर्न भन्ने गरेको छ । अस्पतालले नयाँ बिरामीको समस्या सुनेर अस्पताल आउनपर्ने वा नपर्ने सल्लाह दिने गरेको छ भने पुराना बिरामीको अस्पतालमा रहेको विवरणबाट उसको पहिलेको समस्याका बारेमा बुझ्ने गरेको छ ।
बिरामी गेटबाट प्रवेश गर्नासाथ सामान्य स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ । बिरामीको विवरण सोध्दा शङ्का लागेका व्यक्तिलाई उसको तापक्रम हेर्ने र मास्क नलगाएको व्यक्तिलाई मास्क लगाएर र सेनिटाइजरले हात सफा गरेर मात्रै प्रवेश गराइन्छ । यदी कुनै व्यक्तिमा कोभिड–१९ को शङ्का लागेमा उसलाई नजिकैको कोभिड क्लिनिक पठाइन्छ ।
अस्पतालले नयाँ बानेश्वरस्थित सिभिल अस्पताल वा सिनामङ्लस्थित काठमाडौं मोडल अस्पतालमा पठाउने व्यवस्था मिलाएको छ । आवश्यक दूरी कायम गरेर उपचार सेवा प्रदान गरिएको छ । कोरोना भाइरस आँखाबाट पनि सर्ने भएकाले विशेषज्ञलगायतका स्वास्थ्यकर्मीले आवश्यक सावधानी अपनाउन आवश्यक रहेको छ । अस्पतालको क्षेत्रफल ठूलो भएकाले भित्र सामाजिक दूरी कायम गराउन कठीन छैन । उनले भने, “अबको केही समय यसबाट स्वास्थ्यकर्मीलगायत कर्मचारी सुरक्षित भएर काम गर्नुपर्ने अवस्था छ ।” बिरामीको चाप कम भएकाले आवश्यक सङ्ख्यामा मात्रै कर्मचारी आउँछन् । चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ गर्ने व्यक्तिसमेत आवश्यकताअनसार आइरहेका छन् । बन्दाबन्दीको केही सातासम्म पनि पीपीई नपाएको अस्पतालले अहिले भने पाइसकेको छ । राष्ट्रिय आविष्कार केन्द्रले अस्पताललाई पिपिई उपलब्ध गराएको थियो । बन्दाबन्दी खुकुलो भएसँगै उपत्यकाका अस्पतालमा बिरामीको चाप बढिरहेको छ । निजी सवारी चल्दा उपत्यकावासीलाई उपचारमा सजिलो भएको छ ।रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
मन्ट्रियल पर्यटन मेलामा नेपाल सहभागी
कात्तिक २१, २०८१ बुधबार
देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक २१, २०८१ बुधबार
बसको ठक्करबाट एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर
कात्तिक २१, २०८१ बुधबार
स्थानीय तह उपनिर्वाचनः कति पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ?
कात्तिक २१, २०८१ बुधबार
छठको दोस्रो दिन आज ‘खरना’
कात्तिक २१, २०८१ बुधबार
राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जाने
कात्तिक २१, २०८१ बुधबार