बेलायतमा कोरोना सङ्क्रमितको उपचारमा ‘स्टेरोइड डेक्सामेथासोन’ को सफल नतिजा
नेपालबहस संवाददाता
असार ३, २०७७ बुधबार ५:४९:४०
२ असार, एजेन्सी । बेलायतमा कोभिड–१९ सङ्क्रमणको गम्भीर समस्या रहेका एक तिहाई विरामीको जीवन जोगाउन ‘स्टेरोइड डेक्सामेथासोन’ को प्रमुख भूमिका रहेको अन्वेषकहरूले बताएका छन् ।
मङ्गलबार सार्वजनिक परीक्षण परिणामबारे दिइएको जानकारीमा डेक्सामेथासोनको भूमिका बेलायतमा गम्भीर खालका कोरोना भाइरस सङ्क्रमित विरामीको उपचारमा वरदान नै बनेको उल्लेख गरिएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयसँग सम्बन्धित अन्वेषकहरूको टोलीले भनेको छ, “बेलायतमा प्रशस्त पाइने ‘स्टेरोइड डेक्सामेथासोन’ औषधिले गम्भीर प्रकृतिका सङ्क्रमित दुई हजार व्यक्तिको जीवन बचाउन सफल भएको छ ।”
अनुसन्धानको प्रारम्भिक रिपोर्ट अनुसार “मेसिनको सहायतामा कृतिम श्वास दिई उपचार गर्नु परेका कोभिड–१९ सङ्क्रमित ३५ प्रतिशत विरामीको मृत्युलाई कम गरेको थियो भने अक्सिजन दिनु परेका विरामीमध्ये पाँचमा एक जनाको सङ्क्रमणलाई निको पारेको थियो ।”
उक्त रिपोर्टमा भनिएको छ, “डेक्सामेथासोनको दैनिक मात्राहरूले हरेक आठमा एक जना भेन्टिलेटरको प्रयोगमा पुगेका कोभिड–१९ विरामी र अक्सिजन दिएर राखिएका हरेक २५ सङ्क्रमित विरामीमध्ये एकलाई रोगसँगको लडाईंमा सफलता मिलेको थियो ।” यो परीक्षण उपचार असम्भव देखिएका वा जटिल प्रकृतिका कोरोना भाइरस सङ्क्रमित करिब चार हजार विरामीलाई गरिएको थियो ।
अक्सफोर्ड विश्वविद्यालयका नुफिल्ड चिकित्सा विभाग सङ्क्रामक रोगविज्ञ प्राध्यापक पिटर होर्बीले भने, “डेक्सामेथासोन कोभिड–१९ सङ्क्रमित विरामीको स्वास्थ्य सुधार गर्न सफल पहिलो औषधि भएको छ । यो स्वागतयोग्य नतिजा भएको छ ।” “डेक्सामेथासोन उपलब्ध औषधिमध्ये सस्तो र विश्वभर सहजरूपमा पाइने जटिल विरामीको स्वास्थ्यमा सुधार गर्न सफल औषधि हो,” उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
मन्ट्रियल पर्यटन मेलामा नेपाल सहभागी
कात्तिक २१, २०८१ बुधबार
देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक २१, २०८१ बुधबार
बसको ठक्करबाट एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर
कात्तिक २१, २०८१ बुधबार
स्थानीय तह उपनिर्वाचनः कति पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ?
कात्तिक २१, २०८१ बुधबार
छठको दोस्रो दिन आज ‘खरना’
कात्तिक २१, २०८१ बुधबार
राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जाने
कात्तिक २१, २०८१ बुधबार