क्वारेन्टाइन बलात्कार घटनाका दोषीलाई कडा कारवाही गर्न माग
नेपालबहस संवाददाता
असार ३, २०७७ बुधबार १४:२०:४
३ असार, काठमाडौं । नेपाल महिला सङ्घले कैलालीको लम्कीस्थित क्वारेन्टाइनमा राति सुतिरहेकी एक महिलामाथि भएको सामूहिक बलात्कार घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । सङ्घका अध्यक्ष उमा रेग्मीले मङ्गलबार एक विज्ञप्तिमार्फत पीडितलाई न्याय र क्षतिपूर्तिको व्यवस्था गर्न तथा घटनाका दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गरेकी हुन् ।
गत जेठ ३२ गते कैलालीको लम्कीस्थित क्वारेन्टाइनमा राति सुतिरहेकी एक महिलालाई स्वास्थ्यकर्मी, रेखदेखका लागि खटाइएका स्वंसेवकलगायत चार जनाबाट पासविक तवरले सामूहिक बलात्कार भएको घटनाले स्तब्ध भएको सङ्घले जनाएको छ । साथै सङ्घले अव्यस्थित भएका क्वारेन्टाइनमा महिलाका लागि हिंस्रक खाडल भएको जनाएको छ ।
अध्यक्ष रेग्मीले लकडाउनकै समयमा क्वारेन्टाइनभित्र एक हजार ६८४ महिलामाथि हिंसा भएको र कतिपय हिंसाका घटना सार्वजनिक हुन नसकेको समेत उल्लेख गगरिन । उनले महिलामाथिका यस्ता घटना बढ्दै गइरहेको भन्दै कोरोना महामारीको यस्तो अवस्थामा नागरिकको सुरक्षा गर्न, रोग र भोकबाट बचाउन सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताइन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनीतिमा बाइडेन, २७५ मिलियनको हतियार दिँदै
मंसिर ५, २०८१ बुधबार
तार र पोल रहित न्यूरोडको शुक्रपथ ( फोटो फिचर )
मंसिर ५, २०८१ बुधबार
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
मंसिर ५, २०८१ बुधबार
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ५, २०८१ बुधबार
स्ट्याण्डर्ड चार्टर्ड बैंकको बुक क्लोज मिति सर्यो
मंसिर ५, २०८१ बुधबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार