नागरिकता विधेयकमा सहमति जुटाउन सरकारले माग्यो समय
नेपालबहस संवाददाता
असार ३, २०७७ बुधबार २१:३१:५९
३ असार, काठमाडाैं । नेपाली कांग्रेसले पुरानै अडान लिएपछि सरकारले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धी विधेयकमा सहमति जुटाउनका लागि समय मागेको छ। गृहमन्त्री रामबहादुर थापाले नागरिकतासम्बन्धी विधेयकमा राजनीतिक सहमतिका लागि समय मागेका हुन्।
सरकारले समय मागेपछि संसदको राज्य व्यवस्था समितिले सहमतिका लागि पाँच दिन समय दिएको छ। आउने आइतबारसम्ममा यसबारे सहमति जुटाउन समितिले सरकारलाई समय दिएको हो।
मंगलबारको बैठकमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई विवाह भएको सात वर्षपछि नागरिकता दिने प्रस्ताव पेश भएको थियो। त्यसमा सत्तापक्षका समिति सदस्यहरु सहमत भए पनि कांग्रेसले पार्टीमा छलफलका लागि समय मागेको थियो। तर बुधबार बिहान कांग्रेस शीर्ष नेताहरुले पुरानै व्यवस्थामा अडान लिन आफ्ना सांसदहरुलाई निर्देशन दिएको थिए।
सरकारले समय माग गरेपछि आजको बैठकमा विधेयक अघि बढ्न सकेन। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यसलाई समर्थन गरेको छ तर कांग्रेसले विरोध गरेको छ ।
समिति सभापति शशी श्रेष्ठले दुई वर्षदेखि समितिमा रोकिएको विधेयक अघि बढाउन सहमति जुटाउन ल्याउन भन्दै पाँच दिनको समय दिएकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
एसपी थापालाई बाहिर राखेर भैँसेपाटी प्रकरणमा ६ जनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस
मंसिर ५, २०८१ बुधबार
आणविक हतियारको प्रयोगलाई अनुमति दिने आदेशमा पुटिनको हस्ताक्षर
मंसिर ५, २०८१ बुधबार
राफेल नाडालको टेनिसबाट बिदाई
मंसिर ५, २०८१ बुधबार
एआर रहमान र सायरा बानोको सम्बन्धविच्छेद
मंसिर ५, २०८१ बुधबार
ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनीतिमा बाइडेन, २७५ मिलियनको हतियार दिँदै
मंसिर ५, २०८१ बुधबार