रोपाइँ शुरु भो, मल छैन : किसान चिन्तित !
नेपालबहस संवाददाता
असार ३, २०७७ बुधबार २३:३:५७
३ असार, सर्लाही । जिल्लामा धान रोप्ने समयमा मल अभाव भएपछि किसान चिन्तित बनेका छन् । रोपाइँका लागि खेतमा ब्याड तयार हुँदा मल नपाएपछि उनीहरु चिन्तित बनेका छन् ।
केही व्यापारीले मल राखे पनि अभावको फाइदा उठाउँदै चर्को मूल्यमा बिक्री गर्दै आएका उनीहरुले गुनासो गरेका छन् । कोरोना भाइरसका कारण जिल्लामा मल नआउँदा बिक्री वितरणमा समस्या भएको कृषि सामग्री संस्थान लिमिटेडले जनाएको छ ।
बीउ छर्ने बेलामा मल नहाल्दा ब्याड यस वर्ष राम्रो हुन नसकेको जनाइएको छ । उनीहरुले नेपाली बजारमा अभाव हुँदा भारतबाट ल्याएर पनि खेती गर्दथे । यस वर्ष कुनै उपाय नभएको उनीहरुको भनाइ छ ।
जिल्लामा अहिले मलको अभाव रहेको सो लिमिटेडका प्रमुख बज्रमणि लामाले बताए । उनको अनुसार धान खेतीका लागि मात्रै जिल्लामा एक हजार पाँच सय मेट्रिक टन डिएपी र दुई हजार मेट्रिक टन युरिया मलको आवश्यकता रहेको र अहिले संस्थानमा करीब एक सय ५० मेट्रिक टन डिएपी र २ ट्रक युरिया बाँकी रहेको छ ।
“अहिलेलाई डिएपीको माग बढ्दो रहेको छ । गोदाममा भएकोले एक–दुई गाउँलाई पनि पुग्दैन । साउनतिर रोपाइँ भइसकेपछि युरिया चाहिन्छ । माग गरेका छौँ । आयो भने सहज हुन्छ । ” उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार