कोरोनालाई जितेर ५२ जना संक्रमित घर फर्किए
नेपालबहस संवाददाता
असार ३, २०७७ बिहिबार ४:२३:२०
◊ धीरुभाइ
३ असार, सप्तरी । उच्च मनोबलले कोराना हार्दै, बिजेताहरु घर फर्किदै गएको छ । सप्तरीमा एक महिनायता ५२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भइ घर फर्किसकेका छन । जिल्लाको पहिलो संक्रमितसहित हालसम्म ५२ जना निको भएको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजले जनाएको छ ।
पछिल्लो पटक गत सोमबार (२ गते) राजविराज स्थित साईकृष्णा अस्पतालको आइसोलेसनमा भर्ना भएकाहरुमध्ये एक महिलासहित १३ जना निको भएर डिस्चार्ज भएका छन् । त्यसअघि जेठ २९ गते एकैदिन १७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भई घर फर्किएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
कोभिड १९ बाट संक्रमित भई आइसोलेसनमा भर्ना भएकाहरुमध्ये कोरोना भाइरसलाई जितेर निको भई घर फर्किनेहरुमा बलान बिहुल गाउँपालिका वडा नम्बर २ कि रञ्जना कुमारी पासवान, ३ का शिवसुन्दर मण्डल, सुरुङ्गा नगरपालिकामा कार्यरत नेपाल प्रहरीका असई रामबाबु सिंह, बोदेवर्साइन नगरपालिका वडा नम्बर ९ का प्रदिप कुमार साह, वडा नम्बर ६ का विपिन कुमार साह, वडा नम्बर १ का धनेश्वर ठाकुर, वडा नम्बर ९ का श्रवण कुमार दास, वडा नम्बर ७ का युवराज सिंह, वडा नम्बर १ का रामसुन्दर यादव, छुतहरु राम, वडा नम्बर ६ का विजय कुमार सदा रहेको बताए ।
यसैगरी विष्णुपुर गाउँपालिका वडा नम्बर १ का मो. सागिर, खडक नगरपालिका वडा नम्बर ३ का अब्दुल कलाम, जगमानपुरका वीर शमशेर राउत, राजविराज नगरपालिका वडा नम्बर १० का रामअवतार यादव, गोसाई दास, राजेश दास र पंकज यादव लगायतका रहेका छन् । उनीहरुको स्वाब रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरी घर पठाईएको हो ।
यस्तै जेठ २८ गते डाक्नेश्वरी वडा नम्बर ८ भुतहीका ३५ वर्षीय जसोलाल राम र वडा नम्बर ४ प्रवाहाका २२ वर्षीय रामकुमार मुखिया तथा बलान विहुल वडा नम्बर ४ मौवाहाका ३५ वर्षीय अमरनाथ मण्डलले कोरोनालाई पराजित गरी आइसोसनबाट डिस्चार्ज भएर घर फर्किसकेको स्वास्थ्य कार्यालयका निमित प्रमुख यादवले बताए ।
बैशाख २९ गते पहिलो संक्रमित आइसोलेसनमा भर्ना गरिएको थियो । पहिलो कोरोना संक्रमित डाक्नेश्वरी नगरपालिका ३ हटेलका १८ वर्षीय नसिम हुसेन १८ दिनको उपचार पछि गत जेठ २२ गते घर फर्किनु भएको थियो । गजेन्द्र नारायण सिंह अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट तथा कोभिड–१९ कोरोना भाइरस व्यवस्थापन समितिका संयोजक डा. रणजितकुमार झाले गजेन्द्रनारायण सिंह अस्पताल र साइकृष्णा अस्पताल समेत गरी हालसम्म १५० जना भर्ना भएकोमा अहिले ९८ जना उपचारको क्रममा रहेको बताए । कोरोना संक्रमितहरुमा संक्रमणको कुनै पनि लक्षण नरहेको र स्वास्थ्य सामान्य रहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार