कर्णाली प्रदेश अस्पतालका ४२ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा, आकस्मिक कक्ष शिल
नेपालबहस संवाददाता
असार ४, २०७७ बिहिबार १४:१:१६
४ असार, सुर्खेत । कर्णाली प्रदेश अस्पतालको इमरजेन्सी कक्षमा उपचार गराइरहेका तीन जनामा कोरोना भाइरस संक्रमण देखिएपछि अस्पतालको आकस्मिक कक्ष शिल गरिएको छ । यस्तै ४२ जना स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनमा बसेको छ ।
३१ जेठमा सुर्खेतका एक जना र ३२ जेठमा दैलेखका दुई जना बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए । आकस्मिक कक्षमा भर्ना भएका सबै बिरामीको स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दै आएकोमा बुधवार उनीहरु तीनै जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
तीनै जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको नियमित परीक्षण र रेखदेखमा खटिएका स्टाफ नर्स र एचएसहित ४२ जना स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनमा बसेको हो ।
दैलेखका दुई जना विरामीमध्ये एक जना विगत आठ महिनादेखि टिबीको बिरामी थिए । दैलेख र सुर्खेतका अर्का एक र एक जनाले भने विष सेवन गरेपछि उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
मन्ट्रियल पर्यटन मेलामा नेपाल सहभागी
कात्तिक २१, २०८१ बुधबार
देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक २१, २०८१ बुधबार
बसको ठक्करबाट एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर
कात्तिक २१, २०८१ बुधबार
स्थानीय तह उपनिर्वाचनः कति पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ?
कात्तिक २१, २०८१ बुधबार
छठको दोस्रो दिन आज ‘खरना’
कात्तिक २१, २०८१ बुधबार
राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जाने
कात्तिक २१, २०८१ बुधबार