डब्लुएचओले फेरि रोक्यो हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षण
नेपालबहस संवाददाता
असार ४, २०७७ बिहिबार १६:२७:२९
४ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले कोरोना भाइरसका संक्रमितको उपचारमा मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षणमा पुनः रोक लगाएको छ ।
द लानसेट जर्नलमा केही समयअघि प्रकाशित अनुसान्धान प्रतिवेदनमा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगले कोभिड–१९ का बिरामीलाई सहयोग गुर्नको साटो मृत्युको जोखिम बढाउने र गम्भीर खालको मुटु सम्बन्धी समस्या हुने देखिएपछि डब्लुएचओले मानवीय परीक्षणमा रोक लगाएको थियो।
तर सो अनुसन्धान प्रतिवेदनको तथ्यांकमा कमजोरी देखिएको भन्दै लानसेटले अनुसन्धान प्रतिवेदन फिर्ता लिएपछि डब्लुएचओले पुनः हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षण सुरु गरेको थियो । फेरि डब्लुएचओले विभिन्न देशमा गरिएका प्रयोगमा कोरोना भाइरसका संक्रमितको उपचारमा कुनै सहयोग वा फाइदा नपुगेको देखिएकाले हाइड्रोक्सिक्लारोक्वीनको परीक्षण रोकिएको बताएको छ ।
यसअघि सोमबार अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन ‘एफडिए’ ले हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरसका संक्रमितको आपतकालीन उपचारमा प्रयोग गर्ने औषधिको सूचिबाट हटाएको थियो । मानवीय परीक्षणबाट प्राप्त पछिल्ला प्रमाणले हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना भाइरसविरुद्ध काम गर्ने नदेखिएको एफडिएले उल्लेख गरेको थियो ।
हाइड्रोक्सिक्लोरोक्वीनले एन्टीभाइरल इफेक्ट उत्पादन गर्ने र त्यसले कोरोना भाइरसविरुद्ध काम गर्छ भन्ने पक्षमा प्रमाण नभेटिएको भन्दै एफडिएले हाइड्रोक्सिक्लोरोक्वीनलाई आपतकालीन उपचारमा प्रयोग हुने सूचिबाट हटाएको दुई दिनपछि डब्लुएचओले पनि परीक्षण रोकेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि कोरोना भाइरसविरुद्धको उपचारमा हाइड्रोक्सिक्लोरोक्वीन प्रभावकारी हुने भन्दै प्रयोग गर्न सुझाउँदै आएका थिए । उनले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि आफूले सो औषधि खाएको पनि बताएका थिए ।
यसैबिच डब्लुएचओले पनि कोरोना भाइरसका संक्रमितको उपचारमा डेक्सामेथासोनको प्रभाव राम्रो देखिएको बताएको छ । डब्लुएचओका प्रमुखले स्टेरोयड डेक्सामेथासोन गम्भीर बिरामीलाई फाइदा गर्ने बताए ।
डब्लुएचओलाई उपलब्ध गराइएको प्रारम्भिक तथ्यांकमा कोभिड–१९ बाट गम्भीर बिरामी परेका व्यक्तिको उपचारमा डेक्सामेथासोनले सकारात्मक प्रभाव गरेको देखिएको उनले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त खुल्यो
कात्तिक २१, २०८१ बुधबार
ससुरालीमा लुकेर बसेको अवस्थामा पोखराको मित्र मिलन सहकारीका उपाध्यक्ष लम्साल पक्राउ
कात्तिक २१, २०८१ बुधबार
पोखरामा तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता, नेपाल र चीनका खेलाडी सहभागी हुने
कात्तिक २१, २०८१ बुधबार
छठका लागि भारतबाट ५० लाखका केरा आयात
कात्तिक २१, २०८१ बुधबार
५ केजी सुनसहित विमानस्थलबाट ३ जना विदेशी नागरिक पक्राउ
कात्तिक २१, २०८१ बुधबार
तिहारमा ५० करोडको फूल बेचियो
कात्तिक २१, २०८१ बुधबार