राष्ट्रिय सभाबाट संविधान संशोधन विधेयक सर्वसम्मत पारित
नेपालबहस संवाददाता
असार ४, २०७७ बिहिबार १९:१२:४२
४ असार, काठमाडौं । राष्ट्रिय सभाबाट संविधान संशोधन विधेयक सर्वसम्मत पारित भएको छ। बिहीबार भएको मतदानमा सभामा तत्काल कायम रहेको ५८ जनामध्ये ५७ जनाले मतदान गरेका थिए।
बिहीबार ५७ जना सदस्य उपस्थित भएकोमा उनीहरू सबैले संशोधनका पक्षमा मतदान गरेको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी गराए।
आजको बैठकमा विधेयक माथि छलफलपछि कानून मन्त्री शिवमाया तुम्बाहाङ्फेले विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गरेकी थिइन्। राष्ट्रियसभाले विधेयक पारित भएको सूचना अब प्रतिनिधिसभालाई दिनेछ।
प्रतिनिधिसभाले विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष प्रस्तुत गर्नेछ। राष्ट्रपतिले प्रमाणिकरण गरेसँगै नेपालको संविधानमा नयाँ निशान छाप समेटिनेछ।
सरकारले गत जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
राफेल नाडालको टेनिसबाट बिदाई
मंसिर ५, २०८१ बुधबार
एआर रहमान र सायरा बानोको सम्बन्धविच्छेद
मंसिर ५, २०८१ बुधबार
ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनीतिमा बाइडेन, २७५ मिलियनको हतियार दिँदै
मंसिर ५, २०८१ बुधबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ५, २०८१ बुधबार
तोलामा ९ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदै छ किनबेच ?
मंसिर ५, २०८१ बुधबार
दयाहाङ र रिश्मा फेरी एकसाथ, 'रिमै' को छायांकन शुरु
मंसिर ५, २०८१ बुधबार