गोदावरीमा वडा अध्यक्ष घिमिरेको गुण्डागर्दीः स्कुलको आवाशिय भवनलाई जबरजस्ती क्वारेन्टाइन बनाइएपछि शिक्षक र अभिभावक आतंकित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
असार ४, २०७७ बिहिबार २०:२:१४
![](https://nepalbahas.prixacdn.net/media/albums/godawari_prpENSqRYE.jpg)
४ असार, ललितपुर । नेपालकै प्रतिष्ठित बिद्यालय सेन्ट जेभिर्यस स्कुल गोदावरीको आवाशिय भवन केशरमहललाई वडा कार्यालयले जबरजस्ती क्वारेन्टाइन बनाउँदा त्यहाँ बस्ने शिक्षकको परिवार मात्र होइन सो बिद्यालयका अभिभावकहरुमा समते आतंक सिर्जना भएको छ ।
गोदावरी नगरपालिकाको वडा न. ३ का वडा अध्यक्ष बालमुकुन्द घिमिरेले गुण्डागर्दी शैलीमा बिद्यालयका शिक्षकशिक्षिका बस्ने स्टाफ क्वार्टरमा तराईतिरबाट आएका ४ जना व्यक्तिहरुलाई क्वारेन्टाइन भन्दै हुलेपछि आतंक सिर्जना भएको हो । सो कार्यको बिद्यालय व्यवस्थापनले चर्को बिरोध गर्दै प्रहरी प्रशासन गुहार्दा पनि कतैबाट सुनुवाई नभएको पाइएको छ । वडा कार्यालयको यस्तो गैह्रकानुनी कार्यको बिद्यालय व्यवस्थापन र अभिभावकहरुले चर्को बिरोध गरेका छन् । के कसैको आवासगृहलाई स्थानीय तहले जबरजस्ती क्वारेन्टाइन बनाउन मिल्छ ? वडाअध्यक्षले आफ्नो निहित स्वार्थपूर्तिका खातिर बिगत ७० बर्षदेखि संचालित स्कुलको जग्गा हडप्न यस्तो कुकृत्य गरेको अभिभावकहरुले आरोप लगाएका छन् ।
बिद्यालय आफैमा शान्ति क्षेत्र हो तर गोदावरी नगरपालिका वडा न. ३ का अध्यक्ष घिमिरेको लहडले बिद्यालयका शिक्षकशिक्षिकासहित अभिभावकहरुलाई पनि अशान्त बनाइएको छ । सो बिद्यालयका प्रधानाध्यापक फादर स्यामअुलले नेपालबहस डटकमसँग कुरा गर्दै भने–“कसैको पनि आवासगृह क्वारेन्टाइन हुन सक्दैन । यो एउटा मानव अधिकार उल्लंघनको पराकाष्ठा हो ।” त्यसमाथि स्कुलको भवन जग्गा अनाधिकृत कब्जा गर्न खोजिएकोमा अदालतबाट सो गैरकानुनी कार्य नगर्नु नगराउनु भनी आदेशसमेत भएको स्थितिमा अदालतको आदेशको बर्खिलाप लकडाउनको अवस्थामा परिवारसहित आवास गृहलाई जवरजस्ती क्वारेन्टाइन बनाई कर्मचारीलाई निकाल्ने जस्तो अमानवीय कार्य कानुनको ठाडै प्रतिकूल रहेको हुँदा यस्तो जोर जवरजस्ती अनधिकृत कार्यमा यस विद्यालयको कुनै पनि हालतमा समर्थन हुन नसक्ने स्कुलले स्पष्ट पारेको छ । जनप्रतिनिधिको यस्तो घृणितकार्यले आवाश गृहमा बसिरहेको परिवार र वालवच्चाहरूमा कस्तो खालको मानसिक तनाव सिर्जना भइरहेको होला ? हामी कल्पना पनि गर्न सक्दैनौँ, स्कुलले भनेको छ ।
“के यो क्वारेन्टाइटले नेपाल सरकारले गरेको क्वारेन्टाइन सम्बन्धी न्यूनतम मापदण्ड पुरा गरेको छ ? के सो मापदण्डमा कसैको भोगाधिकार रहेको भवनमा जहाँ मानिसहरू पहिलेदेखि नै बसोबास गरिरहेका छन्, क्वारेन्टाइन राख्ने अनुमती दिन्छ ? यस्तो कार्य अमानवीय, अन्यायपूर्ण र मानवअधिकारको घोर उल्लंघन हो र हामी यस अमानवीय कार्यको विरोध गरिनै रहनेछौं ।” स्कुलका प्रिन्सिपल फादर स्यामुलले भनेका छन् ।
यस्तो छ वडा अध्यक्षको ज्यादती
सेन्ट जेभियर्स स्कुल गोदावरीका अनुसार गोदावरी नगरपालिकाको प.सं. ०७६।७७, च.नं., ९९११, मिति २०७७।०२।८ को क्वारेन्टाइन व्यवस्थापन सम्बन्धको सार्वजनिक सूचना तथा यस वडाका वडा अध्यक्षको अनुरोधमा सेन्ट जेभियर्स स्कुल गोदावरीलाई क्वारेन्टाइनको रूपमा संचालन गर्न मौखिक अनुरोध भई आएको बताउँदै प्रधानाध्यापक स्यामुलले सो सम्बन्धी छलफलका लागि गुठी संचालन समिति र विद्यालय व्यवस्थापन समितिको संयुक्त बैठक बसी हाललाई सो बिद्यालय क्वारेन्टाइनको रुपमा उपलब्ध नगराउने निर्णय गरेको जानकारी नगरपालिका तथा वडा कार्यालयलाई गराएको बताएका छन् ।
विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को भयावह अवस्थामा अन्य स्थानबाट आएका व्यक्क्तिहरूका लागि क्वारेन्टाइन यस विद्यालयमा राख्ने सम्बन्धमा गुठी संचालन समिति तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, अभिभावक प्रतिनिधिका बीच गहन छलफल गर्दा विद्यालयमा क्वारेन्टाइन राख्दा अवोध बालबालिका, विद्यार्थी, अभिभावक, शिक्षक शिक्षिका तथा अन्य कर्मचारीहरूमा गहिरो मनोवैज्ञानिक त्रास र नकारात्मक छाप दीर्घकालीन रूपमा रहिरहने निष्कर्ष निकालेको उनले जानकारी दिए । यसका साथै हाल शैक्षिक क्षेत्रमा गहन बहसको रूपमा आइरहेको क्षेत्रगत रूपमा कम जोखिम भएका स्थानहरूमा भौतिक दूरी तथा पूर्ण सावधानी अपनाई, नयाँ शैक्षिक सत्र शुरुवाती गर्ने तथा निकट भविष्यमा नै संचालन हुन सक्ने विभिन्न तहको (एसईई र कक्षा १२) परीक्षालाई समेत ध्यानमा राखी पूर्ण तयारी अवस्थामा रहनुपर्ने भएकाले हाललाई विद्यालय क्वारेन्टाइनको लागि उपलव्ध नगराउने निर्णय गरिएको फादर स्यामुलले स्पष्ट पारेका छन् ।
विश्वव्यापी रूपमा फैलिरहेको महामारीको बेला स्कुललाई अन्तिम विकल्पमा राख्दै यस क्षेत्रमा भएका होटल, रिसोर्ट, सरकारी सार्वजनिक भवन र खाली भवनहरू प्राथमिकतामा राखी व्यवस्थापन गरिसकेपछि पनि स्थान अभाव भई आएको अवस्थामा मात्र पुर्नविचार गर्न सकिने निर्णय भएको स्कुलले प्रष्ट पारेको छ । विद्यालयले लकडाउनको अवस्थामा सानै सहयोग भएपनि आवश्यक खाद्यान्न सामाग्री वडा कार्यालयमार्फत उपलव्ध गराएको जनाउँदै आवाशिय भवनमा जबरजस्ती क्वारेन्टाईन बनाउनुमा वडाले स्कुल भवन हडप्ने नियोजित उद्देश्य रहेको जनाएको छ । क्वारेन्टाइनका लागि अन्य ठाउँहरु नभएका होईनन् कि माथि उल्लेख गरिएका भन्दा पनि धेरै खाली भवनहरु यहि विद्यालय वरीपरी रहेका जनाउँदै बिद्यालयले ती स्थानहरु भरी सकेपछि पनि स्थान अभाव भएमा हामी पुन बैठक वस्ने छौं र निर्णय गर्नेछौ भनि पत्रमार्फत नै जानकारी गराउँदा गराउँदै पनि एक्कासी विद्यालयको आवाश गृहलाई क्वारेन्टाईन बनाउनुपर्ने आवश्यकता किन प¥यो ? यो सोचनिय विषय भएको बिद्यालय व्यवस्थापनले जनाएको छ ।
यसरी विद्यालयले गर्ने सामाजिक उत्तरदायित्व वहन गर्दागर्दै पनि अनायासै विगत ७० वर्षदेखि यस विद्यालयको भोगाधिकार रहँदै आएको केशरमहलमा गत जेठ २० गते विद्यालयलाई कुनै जानकारी नदिई वडा अध्यक्षको अगुवाइमा क्वारेन्टाइन राख्ने एकतर्फी निर्णय गरी कार्य शुरु गरेकोमा स्कुलले आपत्ति प्रकट गरेको हो । हामीले सो कार्य नगर्न अनुरोध गर्दागर्दै यो कुनैपनि हालतमा क्वारेन्टाइन हुन्छ भनी एकजना स्टाफको कोठाको ताल्चा पनि फोडी सोही राति २ जना जनकपुरबाट आएका व्यक्तिहरूलाई क्वारेन्टाइनमा राखिएको बिद्यालयले जानकारी दिएको छ । उच्च अदालत पाटनमा दायर गरेको निषेधाज्ञा मुद्दामा गत चैत्र २ गतेको आदेशले यथास्थितिमा राख्नु, हस्तक्षेप नगर्नु नगराउनु भनी आदेश जारी गर्दागर्दै पनि अदालतको आदेश विपरीत बन्दाबन्दीको स्थितिमा आवास गृह जस्तो ठाउँलाई क्वारेन्टाइन बनाउने भन्ने वडा कार्यालयको नेतृत्वमा गैरकानूनी रूपमा काम गर्न लगाई अशान्ति एवं तनावको स्थिति सिर्जना गरिएको फादर स्यामुअल बताउँछन् । उनका अनुसार सो कुराको जानकारी तथा शान्ति सुरक्षा कायम गरी अदालतको आदेश पालन गराई पाऊँ भनी गत जेठ १९ गते जिल्ला प्रशासन कार्यालय ललितपुरमा पत्राचार गरी सीडीओलाई विस्तृत जानकारी गराइएको थियो । वहाँको आदेशानुसार मेयरलाई पुनः भेट गरी सो कार्य रोकिदिन अनुरोध गर्दा मेयरले तपाईंहरु आफै सहमति गर्नुस् भनेर पन्छिएको जानकारी दिदै प्रिन्सिपल स्यामुअले सो सम्बन्धी ध्यानाकर्षणसहित यस्तो कार्य रोक्का राख्न नगरपालिका र वडा कार्यालयमा गत जेठ २३ गते लिखित पत्र पठाइएको बताएका छन् ।
विद्यालयको धारणा र समस्या समाधानको उपाय
बिद्यालयले भनेको छ–“यी सबै घटनाक्रमले के देखाउँछ भने यो महामारीको आडमा केशरमहललाई ओगट्ने चाल मात्र हो । यो विषम परिस्थितिलाई प्रयोग मात्र गरिएको हो । त्यसैले विद्यालय पहिलादेखि नै पीडित हुँदै आइरहेको छ । यहाँ प्रचार गरिए जस्तो पीडक होइन । यसले कस्तो समाज र न्यायको परिकल्पना गरिएको हो हामीलाई बुभ्mन गाहे भएको छ । यस्तो स्थितिमा कानुनको पालना तथा मानव अधिकारको न्यूनतम् पालना पनि नगरिएकोमा हाम्रो घोर विरोध छ । यो विश्वव्यापी महामारी कुनै व्यक्तिको व्यक्तिगत फाइदा वा रिसिईवी साँध्ने साधनको रूपमा प्रयोग नहोस् । माथि उल्लेखित सवै कुरा कुनै कपोलकल्पित नभई हामीसँग भएका कागजपत्रहरूका आधारमा लेखिएका हुन् । त्यसैले कोही कसैले आप्mनो पक्षमा पार्न आफ्नै तरिकाको व्याख्या गर्नु व्यर्थ छ । हामीलाई जहिले पनि पक्रिया पु¥याई आएको कुरा मात्र मान्य हुन्छ । आशा गराँै आउने दिनमा हाम्रा जनप्रतिनिधिहरुले पुनरावलोकन गर्नुहुनेछ । हामीले हाम्रो कुरा पारदर्शी रूपमा राखेका छौं । त्यसैले सम्पूर्ण सर्वसाधारण, अभिभावक तथा जनप्रतिनिधिहरूमा पनि एकपल्ट निष्पक्ष भएर यस कुरालाई मनन् गरिदिनु भई विद्यालय जस्तो पवित्र क्षेत्रलाई र शिक्षक जस्ता पुजारीहरूलाई निर्वाध रूपमा काम गर्ने वातावरण सिर्जना गर्न सबैले सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।”
अभिभावकहरुलाई सेन्ट जेभियर्स स्कुल, गोदावरीको आव्हान
यस विद्यालयको स्टाफ क्वाटर (केशरमहल) मा गत शनिवार राती १२ बजे तिर फेरि २ जना तराई क्षेत्रबाट आएका व्यक्तिहरुलाई राखिएको छ । जबकी सो स्टाफ क्वाटरमा विद्यालयका तीनजना शिक्षक तथा उनका परिवार वसोवास गर्दै आईरहेका छन् । यस विद्यालयका शिक्षकहरुलाई २ दिन अगाडि मात्र तपाईहरु यहाँबाट जानुस, तपाईहरुलाई गाह्रो हुन सक्छ भनि मानसिक तनाव दिने कार्य भएको छ । हाल आएर पुन जोखिमपूर्ण स्थानबाट आएकालाई राख्दा हाम्रा शिक्षक तथा परिवारलाई साह्रै ठुलो मानसिक दवाव सिर्जना भईरहेको छ । यसले त्यहाँ बस्ने ३ जना शिक्षक मात्र होईन यस विद्यालयमा एकै परिवारका रुपमा कार्यरत सम्पूर्ण शिक्षक शिक्षिकाहरुमा वहाँहरुलाई परेको समस्याले तनाव पारिरहेको छ । हाम्रा शिक्षिक शिक्षिकाहरु पहिलेको सहज परिस्थिति भन्दा हालको विषम परिस्थितिमा अझ बढी समय र तयारीका लागि परिश्रमण गरिहनुभएको छ । यदि तपाई शिक्षक शिक्षिका हुनुहुन्छ भने अझै यो कुरालाई महशुस गर्न सक्नुहुन्छ । यस्तो मानसिक अवस्थामा तपाईहरुका छोरा छोरीहरुलाई अनलाईन अफलाईन कक्षा कसरी संचालन गर्न सकिन्छ होला तपाईहरु सजिलै अनुमान गर्न सक्नुहुन्छ ।
यसरी यस विद्यालयको स्टाफ क्वाटर (केशर महल) मा यसरी अनधिकृत रुपमा, बिना मापदण्ड र प्रक्रिया नपु¥याई क्वारेन्टाईन संचालन गर्नु अन्यत्र ठाउँ नभएर होईन भन्ने कुरा यहाँहरुलाई पहिले नै जानकारी गराईसकिएको छ । यहाँहरु विद्यालयको तर्फबाट हामीले समस्या समाधानको सक्दो कोशिस गरिरहेका छौं तर हालको लकडाउनको अवस्थामा कतैबाट पनि सहयोगको अवस्था भएको छैन । यहाँहरुको तर्फबाट कुनै सहयोग हुन सक्छ भने सो गरिदिनु भई शिक्षक शिक्षिकाहरुलाई दिईएको मानसिक तवान कम गरी वहाँहरुलाई विद्यार्थीहरुको शिक्षण सिकाईमा प्रभावकारी रुपमा लाग्ने वातावरण तयार गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्ववियु निर्वाचनमा क्याम्पसलाई हानी–नोक्सानी हुने गरी प्रचार गर्न नपाइने
फागुन ५, २०८१ सोमबार
कक्षा १२ को परीक्षा आगामी वैशाख १२ देखि हुने
फागुन २, २०८१ शुक्रबार
केयू उपकुलपतिका लागि सर्ट लिस्टमा परे १० जना प्राध्यापक (सूचीसहित)
माघ २८, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रकृतिका बुवा भन्छन् : मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
फागुन ६, २०८१ मंगलबार
अमेरिका मात्र होइन, कोस्टारिका सरकारले पनि अवैध आप्रवासीहरूलाई देश निकाला गर्ने
फागुन ६, २०८१ मंगलबार