प्रधानमन्त्रीले भने, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढीमा ३ होला !
नेपालबहस संवाददाता
असार ४, २०७७ बिहिबार २०:४६:४३
४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचार विधिसँगै प्रतिरोध क्षमता राम्रो भएकै कारण नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या कम भएको बताएका छन् । राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले अहिलेसम्म २० जनाको मृत्यु भएको बताए । तर उनीहरु मध्ये अधिकांशको कोरोनाका कारण मृत्यु नभएको उनको दाबी छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारसम्म नेपालमा कोरोनाबाट २० जनाको मृत्यु भइसकेको तथ्यांक जारी गरे पनि प्रधानमन्त्रीले भने कोरोनाबाट मृत्यु हुनेको वास्तविक संख्या नभएको बताएका हुन् ।
प्रधानमन्त्रीले भने, ‘कतिपयलाई यथार्थ भन्दा रुचिकर मान्नुभएको छैन । २० जनाको निधन भएको छ तर उनीहरूको कोरोनाकै कारण निधन भएको होइन । एकाध, दुई, तीन केस हुनसक्छ कोरोनाकै कारणले निधन भएको । उनीहरूको अन्य बिमारीको कारणले मृत्यु भएको हुनसक्छ तर कोरोनाले छोएको हुनसक्छ ।’
कोरोना संक्रमण भएका व्यक्तिको जुनसुकै कारणले मृत्यु भएप नि कोरोनाकै कारण मान्ने विश्व स्वास्थ्य संगठनको मापदण्डका कारण मान्नुपरेको प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्रीले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या न्यून रहेको बताए । उनले भने, ‘हाम्रो उपचार विधि र हाम्रो प्रतिरोध क्षमताको कारणले निधन हुनेको संख्या धेरै कम छ ।’
नेपालमा प्रति १० लाखमा ०.७ प्रतिशतको मात्रै मृत्यु भएको भन्दै प्रधानमन्त्रीले नेपाल कोरोना संक्रमण र मृत्युमा दक्षिण एसियामा भुटानभन्दा मात्रै पछि रहेको बताए । पछिल्लो समय भारतबाट अत्यधिक मान्छे नेपाल आएकाले कोरोनाको संक्रमण वृद्धि भएको प्रधानमन्त्रीले बताए ।
उनले सरकारले कोरोना भाइरसको परीक्षण बढाउने तयारी गरिरहेको बताए । बाहिरबाट भन्न सजिलो भएपनि लाखौंको परीक्षण र क्वारेन्टाइन व्यवस्थापन गर्न गाह्रो रहेको बताए । उनले स्थानीय तहहरूले प्रभावकारी काम गरेको भनाइ राखेका थिए ।
प्रधानमन्त्रीले यसअघि पनि कोरोनाबाट मृत्यु हुनेहरूको संख्या वास्तविक त्यो नभएको बताउँदै आएका थिए । उनले अन्य रोगका कारण मृत्यु भएकाहरूलाई पनि कोरोनाबाट मृत्यु भएको मान्नुपर्ने बाध्यता रहेको बताउँदै आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
एसपी थापाबाहेक भैँसेपाटी प्रकरणमा ६ जनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस
मंसिर ५, २०८१ बुधबार
आणविक हतियारको प्रयोगलाई अनुमति दिने आदेशमा पुटिनको हस्ताक्षर
मंसिर ५, २०८१ बुधबार
राफेल नाडालको टेनिसबाट बिदाई
मंसिर ५, २०८१ बुधबार
एआर रहमान र सायरा बानोको सम्बन्धविच्छेद
मंसिर ५, २०८१ बुधबार
ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनीतिमा बाइडेन, २७५ मिलियनको हतियार दिँदै
मंसिर ५, २०८१ बुधबार