मान्छे काममा लागेका छन्, यहाँ कसैलाई १० खर्बको हिसाब चाहिएको छ : प्रधानमन्त्री ओली
नेपालबहस संवाददाता
असार ४, २०७७ बिहिबार २१:१६:११
४ असार, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका लागि भएको खर्चको हिसाब माग्दै सडकमा प्रदर्शन गर्नेहरूलाई संसदबाट जवाफ दिएका छन् ।
काेराेना भाइरसकाे नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्ब कहाँ गयो भनेर उछालिएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । खर्चको महालेखा र आन्तरिक लेखा परीक्षणले हेर्ने भन्दै उनले भने, मान्छे काममा लागेका छन् । केहीलाई खर्चको हिसाब चाहिएको छ । परिस्थितिको गम्भीरता छैन ।
आगामी आर्थिक वर्षको बजेटमाथि राष्ट्रियसभामा उठेका विषयमाथि जवाफ दिदै प्रधानमन्त्री ओलीले सरकारी खर्चको अनुगमन गर्न आन्तरिक लेखापरीक्षण र महालेखापरिक्षकको व्यवस्था रहेको र उनीहरुको वार्षिक प्रतिवेदन संसदमा पेश हुने बताए ।
आफुबाहेक सबै भ्रष्ट हुन्छन भन्ने मनोविज्ञानबाट टाढा रहनुपर्ने भन्दै उनले भने,‘मबाहेक अरु सबै भ्रष्ट भन्ने र यो देशमा भ्रष्टबाहेक अरु कोही जन्मेका छैनन् वा सरकारमा बसेकालाई जसरी पनि बदनाम गर्नुपर्छ भनेर नियत पनि राख्न भएन । मैले पहिलादेखि नै भनेको छु, मैले भ्रष्टाचार पनि गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न । हिसाकिताव हेर्ने निकाय छन् उनीहरुले हेर्छन् । सबै नेपाली क्वारेन्टाइनमा भ्रष्टाचार भयो कि भएन भनेर हेर्न जाने ? सामान किन किनिएन भन्ने अनि छिटो बाटोबाट किन्दा मिलिभगत गर्ने भन्ने ?’
कोरोना महामारीका बेला समेत भ्रष्टाचार कसैले गरेको पाइए कानूनअनुसार कारबाही गर्ने प्रधानमन्त्री ओलीले बताए ।केही व्यक्तिहरू सरकारमा रहेकाहरूलाई जसरी पनि बदनाम गर्नुपर्छ भन्नेमा लागेको प्रधानमन्त्रीको भनाइ थियो । आफूले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने भनिरहेको उनको भनाइ थियो ।
स्वास्थ्य सामग्री टेन्डर गरेर ल्याउँदा ढिलो गरेको भन्ने र छिटो प्रक्रियामार्फत ल्याउँदा मिलेर भ्रष्टाचार गरेको भन्ने आरोप लाग्नु दुखद् भएको प्रधानमन्त्रीको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
एसपी थापालाई बाहिर राखेर भैँसेपाटी प्रकरणमा ६ जनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस
मंसिर ५, २०८१ बुधबार
आणविक हतियारको प्रयोगलाई अनुमति दिने आदेशमा पुटिनको हस्ताक्षर
मंसिर ५, २०८१ बुधबार
राफेल नाडालको टेनिसबाट बिदाई
मंसिर ५, २०८१ बुधबार
एआर रहमान र सायरा बानोको सम्बन्धविच्छेद
मंसिर ५, २०८१ बुधबार
ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनीतिमा बाइडेन, २७५ मिलियनको हतियार दिँदै
मंसिर ५, २०८१ बुधबार