सिकलसेल एनिमिया, थाल्सेमिया र प्रसूतिरोगीलाई निःशुल्क रगत
नेपालबहस संवाददाता
असार ४, २०७७ बिहिबार २१:३२:१३
४ असार, नारायणपुर । घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि कोभिड –१९ को फैलँदो संक्रमणसँंग जुध्न स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर नीति कार्यक्रम ल्याएको छ । नगरपालिकाको सातौँ नगरसभामा नगर प्रमुख नरुलाल चौधरीले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा महामारी रोग तथा विपद् व्यवस्थापनका लागि पूर्वतयारी टोलीलाई थप सशक्त बनाइने उल्लेख छ ।
संघीय सरकारको सहकार्यमा उपमहानगरपालिकास्तरीय अस्पताल स्थापना गरिनेछ भने एक वडा एक स्वास्थ्य संस्थाको नीतिअनुरुप प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाको सबलीकरण, सुदृढीकरण एवं भौतिक पूर्वाधार विकासमा विशेष जोड दिइने छ । वंशाणुगत रोग सिकलसेल एनिमिया, थाल्सेमिया र प्रसूतिसम्बन्धी बिरामीका लागि निः शुल्क रगतको व्यवस्थापन गर्न नगर प्रमुख रक्तसञ्चार सेवालाई निरन्तरता दिइने जनाइएको छ ।
त्यस्तै शून्य शुल्कमा आधारभूूत शिक्षा नमूना विद्यालय घोषणा गरी लागु गर्ने, थारु भाषाको पाठ्यक्रम निर्माण गरी कक्षा ५ सम्म ऐच्छिक विषयका रुपमा पठनपाठनको व्यवस्था मिलाइने, सामुदायिक विद्यालयमा पनि नर्सरी, एलकेजी र युकेजी गरी तीन तहमा मन्टेश्वरी विधिबाट कक्षा सञ्चालन गर्ने र प्रत्येक वडामा एउटा प्राविधिक विद्यालय स्थापना गर्ने नीति उपमहानगरपालिकाले लिएको छ ।
त्यसैगरी सामुदायिक विद्यालयबाट उच्च लब्धाङ्क प्राप्त गरी प्राविधिक शिक्षा, चिकित्सा विषय अध्ययन गर्ने एक छात्र तथा एक छात्रालाई जनही रु पाँच लाख र इञ्जिनीयरिङतर्फ जनही रु तीन लाखका दरले प्रोत्साहनस्वरुप दिने व्यवस्था मिलाइने आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा समेटिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
मन्ट्रियल पर्यटन मेलामा नेपाल सहभागी
कात्तिक २१, २०८१ बुधबार
देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक २१, २०८१ बुधबार
बसको ठक्करबाट एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर
कात्तिक २१, २०८१ बुधबार
स्थानीय तह उपनिर्वाचनः कति पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ?
कात्तिक २१, २०८१ बुधबार
छठको दोस्रो दिन आज ‘खरना’
कात्तिक २१, २०८१ बुधबार
राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जाने
कात्तिक २१, २०८१ बुधबार