बन्दाबन्दीमा ६ अर्बको औषधि आयात
नेपालबहस संवाददाता
असार ४, २०७७ बिहिबार २१:४४:१९
४ असार, काठमाडौं । गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीको अवधिमा रु छ अर्ब बराबरको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा रु पाँच अर्ब ९० करोड ९६ लाख १० हजार बराबरको तयारी औषधि र कच्चा पदार्थको आयात भएको हो ।
सो अवधिमा रु चार अर्ब ५७ करोड २९ ला ९३ हजार बराबरको तयारी औषधि र रु एक अर्ब ३३ करोड ६६ लाख १७ हजार बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ । मन्त्रालयका प्रवक्ता प्रकाश दाहालका अनुसार बन्दाबन्दीको अवधिमा तीन लाख १२ हजार ८८१ मेट्रिक टन खाद्यान्न, ७८ हजार २२७ मेट्रिक टन दलहन, ९९ हजार ३७३ मेट्रिक टन तरकारी, ३९ हजार ४४८ मेट्रिक टन फलफूल र १२ हजार ३११ मेट्रिक टन दुग्धजन्य पदार्थको आयात भएको छ ।
उनका अनुसार बन्दाबन्दी शुरु भएपछि खाद्य पदार्थको आयातमा वृद्धि भएको छ । पहिलो हप्तादेखि दशौँ हप्तासम्मको औसत आयातको तुलनामा खाद्यान्नमा छ दशमलव नौ प्रतिशत र दाल तथा गेडागुडीको आयातमा १४ दशमलव सात प्रतिशतले वृद्धि भएको छ । यसैगरी तरकारीमा चार प्रतिशत, फलफूलको आयातमा ३८ प्रतिशत, दुग्धजन्य पदार्थको आयातमा दुई हजार ६५८ प्रतिशत, औषधिको कच्चा पदार्थमा ३० दशमलव एक र तयारी औषधिमा ४४ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ ।
बन्दाबन्दीको अवधिमा केही वस्तुको आयातमा थपघट भएको जनाइएको छ । मन्त्रालयको तथ्याङ्कानुसार पाँचौँ हप्तादेखि घट्दो क्रममा रहेको खाद्यान्नको आयात दशौँ हप्ताको तुलनामा एघारौँ हप्तामा दोब्बर भएको छ । बन्दाबन्दीको छैटौँ हप्तामा दलहन तथा गेडागेडी, फलफूल तथा तयारी औषधि आयातमा वृद्धि भएको थियो भने औषधिको कच्चापदार्थ नवौँ हप्तामा आयातमा वृद्धि भएको थियो ।
रसुवागढी नाकाबाहेक सबै सीमानाकाबाट निरन्तररूपमा सामान आयात भइरहेको मन्त्रालयले जनाएको छ । गत जेठ १ गतेदेखि ३१ गतेसम्म खाद्यान्न, औषधिलगायतका पदार्थ लिएर काठमाडौं उपत्यकामा तीन हजार ८९० ट्रकहरु प्रवेश गरेको जनाइएको छ ।
ती मध्येमा धान बोकेका ७० , मकै बोकेका ३९२, चामलका ६६४, गहुँका १४७, मैदाका १५१, चिनीका १०१, नुनका ३१, दालका १०५, अण्डाका १३५, कुखुराका १६७, फलफूलका ४२०, दूधका २७६, औषधिका २०९, घ्यूतेलका १९२, अक्सिजनका नौ र तरकारीका ८२१ ट्रक उपत्यका प्रवेश गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
स्थानीय तहको उपनिर्वाचन र उम्मेदवार चयनबारे कांग्रेसमा आज छलफल
कात्तिक २१, २०८१ बुधबार
स्विङ स्टेटमा अग्रतासँगै ट्रम्प राष्ट्रपतिमा जित उन्मुख
कात्तिक २१, २०८१ बुधबार
सर्वोच्चका तीन फैसलाः विद्युत व्यापार, बक्यौता र दूरसञ्चार रोयल्टीमा सरकारलाई राहत
कात्तिक २१, २०८१ बुधबार
फरफराइ रहेको नेपालको राष्ट्रिय झण्डा
कात्तिक २१, २०८१ बुधबार
स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष
कात्तिक २१, २०८१ बुधबार
महिला यू-१९ विश्वकपको एसिया क्वालिफायर आजदेखि, नेपालले थाइल्याण्डविरुद्ध खेल्दै
कात्तिक २१, २०८१ बुधबार