डीन नियुक्तिको सर्वत्र बिरोध, नेबिसंघले आन्दोलन थाल्नुपर्ने युवानेता भण्डारीको सुझाव
नेपालबहस संवाददाता
असार ४, २०७७ बिहिबार २३:७:७
४ असार, काठमाडौं । नेपाली कांग्रेसका युवानेता क्षितिज भण्डारीले नेकपा सरकारले स्वास्थ्य क्षेत्रमा भ्रष्ट्राचार गर्दै चिकित्सा क्षेत्रमा राजनीति आस्थाका आधारमा अयोग्य व्यक्तिको नियुक्ति गरेको विरुद्धमा नेपाली कांग्रेसले कडा आन्दोलनको कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।
नेबिसंघका पुर्व कावा केन्द्रीय अध्यक्ष समेत रहेका भण्डारीले डा. गोबिन्द केसीसँग अनशन तोडने क्रममा भएको वरिष्ठताको आधारमा डीन लगायतका नियुक्तिको सम्झौता विपरित त्रिविवि, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) डीनमा प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहलाई ३३ औं नम्बरबाटै ठाडै तानेर नियुक्ति गरिएकोमा बिरोध गरेका छन् ।
नेता भण्डारीले राष्ट्रको सर्वोच्च पदमा वरिष्ठतम व्यक्तिहरुलाई लत्ताएर आफू र आफ्नो समुहलाई संबैधानिक मर्यादाक्रम विपरित पदक वितरणमा समेत विवादित व्यक्ति डा.दिव्या जुनियर रहेकोले नेपाल विद्यार्थी संघले तत्काल डीन कार्यालयमा तालाबन्दी गरेर निर्णय सच्चाउने आन्दोलन गर्न अनुरोध गरेका छन् । डा.दिव्या त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख पनि भएकोले प्रधानमन्त्री केपी शर्मा ओलीको चिकित्सकभन्दा पनि पावरको आधारमा निर्णय गराउने दिव्या शक्ति नारीको रूपमा मिडियामा समेत बदनाम पात्र भएको भण्डारीको दावी छ ।
नेपाली कांग्रेस निकटका प्राध्यापकहरुले जेठ २२ मा प्रा. डा. जगदीश अग्रवालले उमेरको हदका कारणले अवकाश पाएदेखि नै उक्त पदमा वरिष्ठताको आधारमा नियुक्तिको माग गरेपनि विधि र सहमति लत्ताएर चोर बाटोबाट गरिएको नियुक्ति खारेज गर्न प्रधानमन्त्रीसँग माग गरेका हुन् । नेता भण्डारीको दावी छ की प्रधानमन्त्रीले दलको भर्तीकेन्द्र बनाएको त्रिवि कार्यकारी परिषद्को बुधबार बैठकमा जवर्जस्ती सर्च कमिटीमा ३ जनामध्येमा सिफारिसमा पारिएकी डा.शाहलाई उपकुलपति धर्मकान्त बाँस्कोटाले पनि दवाव थेग्न नसकेर निर्णय गरिएको बताएकाले सबैलाई छानविनको दायरा ल्याएर कार्वाही गर्न माग गरेका हुन् ।
अहिले अनेरास्ववियु लगायतले तालाबन्दी गरेपछि सुरक्षाव्यवस्था निकै कडा पारिएको अस्पताल प्रशासनले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
स्थानीय तहको उपनिर्वाचन र उम्मेदवार चयनबारे कांग्रेसमा आज छलफल
कात्तिक २१, २०८१ बुधबार
स्विङ स्टेटमा अग्रतासँगै ट्रम्प राष्ट्रपतिमा जित उन्मुख
कात्तिक २१, २०८१ बुधबार
सर्वोच्चका तीन फैसलाः विद्युत व्यापार, बक्यौता र दूरसञ्चार रोयल्टीमा सरकारलाई राहत
कात्तिक २१, २०८१ बुधबार
फरफराइ रहेको नेपालको राष्ट्रिय झण्डा
कात्तिक २१, २०८१ बुधबार
स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष
कात्तिक २१, २०८१ बुधबार
महिला यू-१९ विश्वकपको एसिया क्वालिफायर आजदेखि, नेपालले थाइल्याण्डविरुद्ध खेल्दै
कात्तिक २१, २०८१ बुधबार