कोरोना रूघाखोकीजस्तै हो हाच्छ्युँसाच्छ्यूँ गरेर तातोपानी खाएर उडाइदिनु पर्छ
नेपालबहस संवाददाता
असार ४, २०७७ शुक्रबार १:१:२५
४ असार, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रूघाखोकीजस्तै भएको बताएका छन्। बिहीबार राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले भने कोरोनाले छोयो भन्नेबित्तिकै मर्छु भन्ने सोचियो भने बाँच्न गाह्रो हुने भएकाले कोरोना रूघाखोकीजस्तै हो, हाच्छ्युँसाच्छ्यूँ गरेर तातोपानी खाएर उडाइदिनु पर्छ ।
‘कोरोनाले छोयो भन्नेबित्तिकै मर्छु अब। अब गएँ म, भन्ठान्यो भनेदेखि त बाँच्न गाह्रो हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कोरोना भनेको रूघाखोकीजस्तै हो। लागिहाल्यो भने हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ। तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ।’
प्रधानमन्त्री ओलीले नेपालीहरूको रोगप्रतिरोधात्मक क्षमता पनि बढी भएको बताउँदै आएका छन्। नेपालीको भान्सामा अदुवा, लसुन, प्याजलगायत औषधिजन्य खानेकुरा भएकोले त्यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने प्रधानमन्त्रीको तर्क छ।
प्रधानमन्त्री ओलीले कोरोना सङ्क्रमितको उपचारका लागि नेपालले प्रयोग गरेको उपचार विधि र प्रतिरोधी क्षमताका कारण मृत्युदर अत्यन्त कम देखिएको बताएका छन् । दैनिक भान्छामा पाइने वस्तुको प्रयोगबाट रोग प्रतिरोधी क्षमता अभिवृद्धि गर्न सकिने दृष्टान्त पेश गर्दै उनले प्रतिरोधी क्षमता बढाउने घरेलु उपाय बताउँदा केही बजु्रुकले हामीलाई उडाएका छन् भने । “प्रतिरोधी क्षमता कसरी बढ्छ भन्दा हामीलाई उडाइरहनू किन ?”, उनले भने, “ठीक ढङ्गले भनिएका कुरालाई नकारात्मक रुपले लिने र त्यसलाई उडाउने प्रवृत्तिले घर गरेको छ ।”
कोरोनाबाट मृत्यु भएकाको तथ्याङ्क पेश गर्दै प्रधानमन्त्री ओलीले भने, “नेपालमा प्रति १० लाखमा ०.७ प्रतिशत मृत्यु रहेको छ, यो संसारको धेरै देशभन्दा न्यून हो ।” बुधबारसम्म कोरोनाबाट नेपालमा २० जनाको ज्यान गएको छ । निधन भएका २० जनामध्ये कोरोनाकै कारणले निधन हुनेको सङ्ख्या अन्त्यन्त न्यून भएको जानकारी दिँदै उनले अरू विभिन्न कारणले मृत्यु भएको अवस्थामा पनि कोरोना पोजेटिभ देखिए, त्यसलाई कोरोनाले मृत्यु भएको मान्नुपर्ने विश्व स्वास्थ्य सङ्गठनको मापदण्डका कारण सङ्ख्या केही धेरै देखिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
दयाहाङ र रिश्मा फेरी एकसाथ, 'रिमै' को छायांकन शुरु
मंसिर ५, २०८१ बुधबार
बजार खुल्नासाथ ५१ सय ७३ कित्ता शेयर कारोबार
मंसिर ५, २०८१ बुधबार
नेपाली सेनाको मानार्थ ग्रहण गर्न भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज काठमाडौं आउने
मंसिर ५, २०८१ बुधबार
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
अमेरिकी डलरसहित युरो र पाउण्डको पनि मूल्य बढ्यो
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार