नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
नेपालबहस संवाददाता
असार ४, २०७७ शुक्रबार १:२०:५
आज देखिएको सङ्क्रमण अहिलेसम्मकै सबभन्दा धेरै हो
४ असार, काठमाडौं । नेपालमा थप ६७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ८० महिला र ५९१ पुरुष गरी ६७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।
मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा ६ जना सङ्क्रमित थपिएका छन् । उनीहरुमध्ये ३ जना भक्तपुर, २ जना काठमाडौं र एक जना ललितपुरका छन् । आज देखिएको सङ्क्रमण अहिलेसम्मकै सबभन्दा धेरै हो । नयाँ सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या सात हजार ८४८ पुगेको छ । तीमध्ये ६१९ महिला र सात हजार २२९ पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप १९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसहित डिस्चार्ज हुनेको सङ्ख्या एक हजार १८६ पुगेको छ । तीमध्ये ११४ महिला र एक हजार ७२ पुरुष रहेका छन् । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ ।
थप दुई जनाको मृत्यु
कोरोना भाइरसको सङ्क्रमणबाट गएको २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–४ कैलालीका ४६ वर्षीय पुरुषको उपचारका क्रममा असार ३ गते सेती प्रादेशिक अस्पतालमा निधन भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि धनगढीकै नवजीवन अस्पतालमा उपचार गर्न गएको उनमा कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको थियो । लगतै उनलाई प्रादेशिक अस्पतालमा सारिएको थियो । अस्पताल मै उनको निधन भएको हो ।
त्यस्तै लम्की चुहा नगरपालिका–२ कैलालीकी ४३ वर्षीया महिलाको मृत्यु भएको छ । टाउँकोमा लागेको चोटका कारण गत जेठ ३१ गते नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा भर्ना गरिएको ती मलाको शल्यक्रिया गर्नुअघि यही असार २ गते पीसीआर टेष्ट गर्न स्वाब सङ्कलन गरिएको थियो । असार ३ गते उपचारत उनको अस्पतालमै निधन भएको हो । यससँगै कोरोना भाइरसबाट निधन हुनेको सङ्ख्या २२ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
सुदूरपश्चिममा ३ सय ९७ जुवाडे पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
वाइवाइ यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र कर्णाली विजयी
कात्तिक २०, २०८१ मंगलबार
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम चाँडै अगाडि बढाउँछौं : मन्त्री पौडेल
कात्तिक २०, २०८१ मंगलबार
'रेड नोटिस' जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
छठ पूजाका लागि सिङ्गारिँदै धनगढीको मोहना घाट
कात्तिक २०, २०८१ मंगलबार
विद्युत् बक्यौता तत्काल तिराउने काम रोक्न माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज, प्राधिकरणलाई राहत
कात्तिक २०, २०८१ मंगलबार