मेडिकल कलेजले दियो आइसोलेसनका लागि १० थान श्यया
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार ५, २०७७ शुक्रबार १५:१५:३६
![](https://nepalbahas.prixacdn.net/media/albums/Isolation_ward_photo_BRZwkOhKKt.jpg)
५ असार, चितवन । चितवन मेडिकल कलेजले माडी नगरपालिकामा स्थापना गरिएको आइसोलेसनका लागि १० थान श्यया उपलब्ध गराएको छ । कलेजले रु सात लाखमा खरिद गरेर ती श्यया नगरपालिकालाई हस्तान्तरण गरेको हो । नगरपालिका प्रमुख ठाकुर ढकालका अनुसार कलेजले उपलब्ध गराएका श्यया आइसोलेसनमा राखिएको छ । कलेजले स्वास्थ्य उपचारमा आवश्यक सहयोगको आश्वासनसमेत दिएको ढकालले जानकारी दिए। हाल माडीको आइसोलेसनमा सात जना कोरोना सङ्क्रमित रहेका छन् । क्वारेन्टाइनमा २५६ जना छन् ।
सङ्क्रमण देखिएपछि आफ्नै आइसोलेसनमा राखेर उपचार गर्ने माडी जिल्लाको एकमात्र नगरपालिका हो । आइसोलेसन बन्नु अघि र पछि समस्या देखिएपछि सात जनालाई भरतपुर अस्पताल पठाइएको थियो । ढकालले अब दुई श्ययाको भेन्टिलेटरसहित सघन उपचार कक्ष माडीमा नै स्थापना गरिने बताए।
चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले कोरोनाको सङ्क्रमण देखिएपछि विभिन्न ठाउँमा सहयोग गरिएको बताए । भरतपुर कोरोना विशेष ‘अस्थायी’ अस्पतालमा २० श्यया पछि फिर्ता गर्ने गरी कलेजले दिएको छ । यसैगरी फिर्ता नगर्ने गरी माडीसँगै भरतपुर महानगरपालिका वडा नम्बर ५ मा १० श्यया उपलब्ध गराइएको उनले जानकारी दिए ।
भरतपुर कोभिड–१९ प्रयोगशाला स्थापना गर्दा सोही मेडिकल कलेजका पाँच जना चिकित्सक प्राविधिकले सहयोग गरेका थिए । न्यौपानेका अनुसार अहिले पनि दुई जना त्यही कार्यरत छन् । कलेजले निजी क्षेत्रबाट पिसिआर परीक्षणका लागि रु पाँच करोड खर्च गरेर प्रयोगशाला तयार गरेको छ । न्यौपानेले सरकारले चलाउन चाहेमा प्रयोगशाला दिने भन्दै स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेकोसमेत जानकारी दिए ।
स्वास्थ्य सामग्री सहयोग
विराट नेपाल मेडिकल ट्रष्टले स्वास्थ्य कार्यालय चितवनलाई रु तीन लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । ट्रष्टका क्षेत्रीय कार्यालय प्रमुख पुष्करराज पौडेलले कार्यालयका प्रमुख दीपक तिवारीलाई ती सामग्री बिहीबार हस्तान्तरण गरे ।
सो अवसरमा कोरोनाको रोकथाम नियन्त्रण तथा उपचारको क्रममा अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मी र संलग्न अन्य व्यक्तिका लागि उपयोगी हुने ७० व्यक्तिगत सुरक्षा सामग्री, केएन ९५ मास्क ७० थान, स्यानेटाइजर ६० थान, पञ्जा ६० थान, एप्रोन १५ थान र बुट १५ थान उपलब्ध गराइएको थियो । पौडेलले पहिलो चरणमा ती सामग्री उपलब्ध गराइएको बताउँदै दोस्रो चरणमा जिल्लाका सबै पालिकाका स्वास्थ्य संस्थाबाट उपचार सेवा लिइरहेका क्षयरोगबाट प्रत्यक्ष वा अप्रत्यक्षरुपमा प्रभावित ३०० परिवारलाई खाद्य राहत सामग्री वितरण गरिने बताए ।
स्वास्थ्य कार्यालय प्रमुख तिवारीले संस्थाको सहयोगले उच्च जोखिममा काम गरिरहेका स्वास्थ्यकर्मीलाई धेरथोर सहयोग पुग्ने बताए । ट्रष्टले नेपालमा क्षयरोग नियन्त्रण कार्यक्रममा सहयोग गर्दै आइरहेको छ । संस्थाले हाल जिल्लामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, प्रादेशिक स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी निक साइमन्स फाउण्डेशनको आर्थिक सहयोगमा इप्याक्ट टिभी परियोजना सञ्चालन गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
बेनीका ग्रामीण क्षेत्रका सडक धमाधम कालोपत्र
असार १९, २०८१ बुधबार
अपांगता भएकालाई बाख्रा वितरण
असार १९, २०८१ बुधबार
संखुुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित
असार १९, २०८१ बुधबार
किसानलाई कृषि उपकरणसँगै बीउविजन वितरण
असार १९, २०८१ बुधबार
प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल
असार १९, २०८१ बुधबार
सचिव अधिकारीले लिए शपथ
असार १९, २०८१ बुधबार