भारतबाट आएर होम क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार ५, २०७७ शुक्रबार १६:१६:३८
![](https://nepalbahas.prixacdn.net/media/albums/corona-3_zeeigIlvrG.jpg)
५ असार, गुल्मी । गुल्मीमा होम क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । छत्रकोट गाउँपालिका वडा नम्बर–५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको मृत्यु भएको हाे । साेही ठाउँमा शव व्यवस्थापन गर्न नेपाली सेना घटनास्थल पुगेको छ ।
उनी गत जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएका थिए । प्यारालाइसिसको बिरामी उनी रहेको भारतमा उपचार गरेर फर्किएका थिए । बिहीबार आरडीटी टेस्ट गर्दा उनमा एन्टिबडी पोजेटिभ रिपोर्ट आएको थियाे । भारतबाट नेपाल ल्याएका अर्का एक जनाको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो ।
मृतकमा कोरोना संक्रमण थियो कि थिएन भनेर स्वाब परीक्षण गर्न प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको जिल्ला छ । भारतबाट आएपछि उनलाई छोरी ज्वाइँले हेरचाह गर्ने गरी होम क्वारेन्टाइनमा राखिएको थियो । गुल्मीमा हालसम्म कोरोना संक्रमितको संख्या १०५ पुगेको छ । संक्रमितमध्ये ३ जना उपचारपछि घर फर्किएका छन् । जिल्लामा कोरोना संक्रमणबाट जना २ जनाको मृत्यु भइसकेको छ । हालसम्म पीसीआर परीक्षणको लागि ९७६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५४८ जनाको रिपोर्ट आउन बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
मनाङको बाटो सधैँ जोखिमपूर्ण
असार १९, २०८१ बुधबार
बेनीका ग्रामीण क्षेत्रका सडक धमाधम कालोपत्र
असार १९, २०८१ बुधबार
अपांगता भएकालाई बाख्रा वितरण
असार १९, २०८१ बुधबार
संखुुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित
असार १९, २०८१ बुधबार
किसानलाई कृषि उपकरणसँगै बीउविजन वितरण
असार १९, २०८१ बुधबार