सेयर बजारको पुँजीकरण : १० महिनामा ३१ अर्बले घट्यो
नेपालबहस संवाददाता
असार ५, २०७७ शुक्रबार १६:३३:३४
५ असार, काठमाडौं । पछिल्लो समय सेयर बजार (स्टक मार्केट) पनि लगानीको राम्रो क्षेत्रको रुपमा विश्वभर उदाईरहेको अवस्थामा सेयर बजारको पुँजीकरण १० महिनामा ३१ अर्बले घटेको जनाएकाे छ । धेरै जसो सेयर बजार ओरालो लाग्दा पुँजीकरण १० महिनामा ३१ अर्ब ८ करोड रुपैयाँले घटेकाे नेपाल राष्ट्र बैंकले जनाएकाे हाे ।
तेसाे त बैंकले दिएकाे जानकारीसँगै सेयर कारोबार मापक नेप्से परिसूचकसँगै पुँजीकरण समेत घटेको छ । २०७६ असार मसान्तमा १५ खर्ब ६७ अर्ब ५० करोड रहेको बजार पुँजीकरण चालु आर्थिक वर्षको १० महिना अर्थात वैशाख मसान्तसम्म घटेर १५ खर्ब ३६ अर्ब ४२ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै नेप्से परिसूचक पनि यस अवधिमा करिब ५८ अंकले घटेको छ । २०७६ असार मसान्तमा १ हजार २५९ रहेको नेप्से परिसूचक १० २०७७ वैशाख मसान्तमा घटेर १ हजार २०१ दशमलव ५९ अंकमा मा झरेको हो ।
वार्षिक विन्दुगत आधारमा हेर्ने हो भने नेप्से परिसूचक १ सय ४ अंकले घटेको छ । हाल १ हजार २०१ दशमलव ५९ अंकमा रहेको नेप्से परिसूचक २०७६ बैशाख मसान्तमा १ हजार ३१५ दशमलव ५ विन्दु रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार