पीसीआर मेशिन खरिद प्रक्रिया अघि बढ्यो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_DWPWCQ57jC.jpeg
)
नेपालबहस संवाददाता
असार ५, २०७७ शुक्रबार १७:४२:०
![](https://nepalbahas.prixacdn.net/media/albums/Pcr-Machine000_dNjdR9J5BU.jpg)
५ असार तनहुँ । तनहुँका चार नगरपालिका र छ गाउँपालिका गरी दशवटै पालिकाको लागत सहभागितामा पीसीआर परीक्षण मेशिन खरिद गर्ने प्रक्रिया अघि बढेको छ । कोभिड–१९ का बिरामी बढ्दै गएको अवस्थामा जिल्लामै पीसीआर मेशिन भए कोरोना परीक्षणमा सहज बनाउन सकिने उद्देश्यले यहाँका पालिकाले मेशिन खरिद प्रक्रिया अघि बढाइएका हुन् । दशवटै पालिकाद्वारा शुक्लागण्डकी नगरपालिकालाई खरिद तथा भौतिक संरचना व्यवस्थापनको लागि जिम्मा दिएको छ ।
नगरपालिकाले फायल तयार गरी गण्डकी प्रदेश सरकारसँग मेशिन खरिद प्रक्रियाको लागि अनुमति लिने कार्य भएको शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सविता रसाइलीले जानकारी दिए। दशवटै पालिकाको प्रतिशतका आधारमा लागत सहभागिताको लागि प्रतिबद्धता जनाएअनुरुप पीसीआर परीक्षण मेशिन खरिद प्रक्रिया अघि बढाएको हो । पसिआर मेशिन खरिदका लागि जिल्लाका शुक्लागण्डकी नगरपालिकाको १४ प्रतिशत रहेको छ भने व्यास नगरपालिका, भिमाद नगरपालिका र भानु नगरपालिकाको १२/१२ प्रतिशत लागत सहभागिता रहेको छ ।
त्यसैगरी म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिको नौ-नौ र देवघाट गाउँपालिकाको पाँच प्रतिशत लागत सहभागिता रहेको छ । पीसीआर मेशिन एक÷दुई दिनमा अघि बढ्छ । “मेशिन मात्रै खरिद गरेर भएन”, उपप्रमुख रसाइलीले भने, “ल्याब तथा भौतिक संरचनालगायतका निर्माण कार्य गर्नुपर्ने आवश्यकतासमेत देखिएको छ ।”
शुक्लागण्डकी नगरपालिकाले सबै पालिकालाई परिपत्र गरेपछि आफूले दिनुपर्ने दायित्व शुक्लागण्डकी नपाको खातामा रकम जम्मा गर्ने र त्यसले पनि अपुग भए पालिका कार्यालयले अझै थप्न तयार रहेको शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख किसान गुरुङले बताए। पीसीआर परीक्षणको लागि प्रयोगशाला जिपि कोइराला स्वासप्रस्वास केन्द्र बेलचौतरामा राख्ने सहमति भए पनि त्यहाँबाट प्रदान गरिने भवनबाट मात्रै कार्य सम्पादन गर्न कठिनाइ देखिएकाले भौतिक संरचना निर्माण गर्न आवश्यक देखिएको उनले जानकारी दिए ।
कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनका विषयमा छलफल गरी क्वारेन्टाइनमा रहेका व्यक्तिको पीसीआर परीक्षणको लागि सहज बनाउन जेठ अन्तिम साता बसेको पालिकास्तरीय बैठकले पीसीआर मेशिन खरिद गर्ने निर्णय गरेको थियो । पीसीआर मेशिनसहितको पूर्वाधार निर्माण गर्न रु एक करोड लाग्ने अनुमान रहेकोले दशवटै पालिकाको प्रतिशतका आधारमा लागत सहभागिता जनाएका हुन् ।
नेपाल सरकारले तोकेको मापदण्डबमोजिमको पीसीआर मेशिन खरिद गर्न र आवश्यक पूर्वाधार निर्माण गर्ने जिम्मा शुक्लागण्डकी नगरपालिकालाई प्रदान गरिएको प्रक्रियागत कार्य भइरहेको बताइएको छ । पीसीआर मेशिन खरिद भइसकेपछि प्रयोगशालाको लागि आवश्यक जनशक्ति गण्डकी प्रदेशसँग माग गर्ने बैठकबाट निर्णय भएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
बेनीका ग्रामीण क्षेत्रका सडक धमाधम कालोपत्र
असार १९, २०८१ बुधबार
अपांगता भएकालाई बाख्रा वितरण
असार १९, २०८१ बुधबार
संखुुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित
असार १९, २०८१ बुधबार
किसानलाई कृषि उपकरणसँगै बीउविजन वितरण
असार १९, २०८१ बुधबार
प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल
असार १९, २०८१ बुधबार