बर्दियामा क्वारेन्टाइनबाट घर फर्किएकै दिन मृत्यु, कोरोना पुष्टि हुन बाँकी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार ५, २०७७ शुक्रबार १९:३५:४३
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
५ असार, बर्दिया । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका–३ का ४५ वर्षीय एक व्यक्तिको क्वारेन्टाइनबाटै फर्किएकै दिन मृत्यु भएको छ । उनलाई आरडीटी परीक्षणमा एन्टिबडी नेगेटिभ आएपछि बिहीबार घर पठाइएको थियो ।
गत जेठ २२ गते काठमाडौंबाट घर फर्किएका उनलाई वडा नम्बर–३ खुरखुरे बाल विकास केन्द्रको क्वारेन्टाइनमा राखिएको थियो । १४ दिनसम्म स्थानीय क्वारेन्टाइनमा बसेपछि बिहीबार आरडिटी परीक्षण गरिएको थियो ।
स्थानीय स्वास्थ्य चौकीमा आरडीटी जाँचपछि घर फर्किएका व्यक्तिले रातिका समयमा श्वास लिन गाह्रो भइरहेको, टाउको र पेट दुखेको परिवारका सदस्यले बताएका छन्। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि बर्दिया जिल्ला अस्पताल लैजाँदै गर्दा उनकाे बाटोमै मृत्यु भएको हाे ।
जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले मृतकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी नेपालगन्जस्थित भेरी अस्पताल पठाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकारको रणनीति
असार २०, २०८१ बिहिबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली
असार २१, २०८१ शुक्रबार
बेलायती निर्वाचन : सुनकमा राजनीतिक स्पर्शको अभाव
असार २१, २०८१ शुक्रबार
दार्चुलामा बिहिबारदेखि निरन्तर वर्षा, बाढीपहिरोबाट १६ परिवार बिस्थापित
असार २१, २०८१ शुक्रबार
काठमाडौं प्रहरीको आधुनिक नयाँ भवन बन्यो, अब भद्रकालीबाट सेवा प्रदान गर्ने
असार २१, २०८१ शुक्रबार
राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल
असार २१, २०८१ शुक्रबार
सहज वातावरण नबनेको भन्दै पत्रकार महासंघको निर्वाचन पुनः स्थगित
असार २१, २०८१ शुक्रबार