लगानी बोर्डको सीईओ नियुक्तिका लागि प्रस्ताव आह्वान
नेपालबहस संवाददाता
असार ५, २०७७ शुक्रबार २०:२४:५८
५ असार, काठमाडौं । तत्कालीन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नरमा नियुक्त भएपछि रिक्त लगानी बोर्ड प्रमुखका लागि सरकारले आज प्रस्ताव आह्वान गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि सार्वजनिक सूचनामार्फत इच्छुक उम्मेदवारले आगामी १५ दिनभित्र आवेदन दिन सक्ने जनाएको छ ।
सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ अनुसार बोर्डमा रहने प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि प्रतिस्पर्धाका आधारमा छनोट गरिने प्रावधान छ । सरकारले वैदेशिक लगानीको प्रबन्ध एवम् लगानी विस्तारका लागि बोर्ड स्थापना गरेको हो । बोर्डले संयोजन गरेकामध्ये ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणका क्रममा छ ।
यस्तै होङ्सी–शिवम् सिमेन्टले नियमित उत्पादन गरिरहेको छ । यसैगरी ह्वासिन सिमेन्ट उद्योगको काम जारी छ । ठूला लगानीका परियोजनालाई बोर्डले संयोजन गर्दै आएको छ । बोर्डले संयोजन गरिरहेका अन्य केही ठूला परियोजना निर्माणमा जाने तयारीमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार