तिरहुतमा राहतदेखि विकासीय बजेटमा अनियमितताको आरोप
नेपालबहस संवाददाता
असार ५, २०७७ शुक्रबार २०:४७:१२
◊ धीरुभाइ
५, असार सप्तरी । सप्तरीको तिरहुत गाउँपालिकामा अनियमितता गरेको भन्दै वडा सदस्यसहित स्थानीयले भण्डाफोर कार्यक्रम गरेका छन् । सो गाउँपालिकाको वडा नम्बर २ का स्थानीयहरुले वडा अध्यक्ष जयप्रकाश यादवले राहत वितरणदेखि विभिन्न विकासीय योजनामा अनियमितता गरेको भन्दै भण्डाफोर सुरु गरेको हो ।
मैनाकडेरी स्थित वडा कार्यालय प्राङ्गणमा आयोजित भेलामा सहभागी स्थानीय बुद्धिजीवी, नागरिक समाज, युवा, महिला एवम् वडा सदस्यहरु समेतले वडा अध्यक्ष यादवले सम्पूर्ण विकासीय बजेट रकम दुरुपयोग गरेको आरोप लगाएका छन् । निर्वाचित भएदेखि अहिलेसम्म वडामा जनमुखि कार्यक्रमको नगर्नुको साथै गरेको कार्य पनि सन्तोषजनक नरहेको समाजसेवी तथा पूर्व प्रधानाध्यापक भरतप्रसाद यादवले बताए । विनियोजित बजेट र भए गरेका खर्चको सम्पूर्ण विवरण सार्वजनिक नगर्ने, नागरिक समाजलाई गुमराहा बनाई सूचना लुकाएर अनियमितता गरेको उनको आरोप छ ।
शिक्षा, स्वास्थ्य र कृषि लगायतमा भन्दा मठ मन्दिरमा बजेट केन्द्रित गरि अयिमितता गरेको भन्दै छानबिनको माग गरेको छ । वडा सदस्यहरुलाई समेत जानकारी नदिई गोप्य ढंगबाट उपभोक्ता समिति गठन गरेर काम गर्दै आएको एक वडा सदस्यले बताए । भेलाको आयोजना नै नगरी कागजी भरमा अध्यक्षले आफै काम गर्दै आएको वडा सदस्यद्वय सकुन्ती देवी साह र इन्द्र कुमारी खंगले बताए ।
कार्यालयमा कार्यक्रम र सोको लागत बजेटका बारेमा जानकारी लिन खोज्दा अध्यक्ष यादवले हप्काइ गालीगलोज समेत गर्ने गरेको सदस्यद्वयले बताए । आफूहरु पदमा रहेर पनि कार्यक्रमसहित विकासीय कार्यक्रम, उपभोक्ता समितिहरु समेतको थाहा नदिई काम भएको प्रति आपत्ती जनाउँर्दै जिल्ला प्रशासन कार्यालय र गाउँपालिका कार्यालयमा पटकपटक जानकारी गराउदा पनि कुनै पहल नभएको अर्का वडा सदस्य शतिसकुमार मिश्रले बताए ।
वडा अध्यक्ष यादवले कोभिड १९ को सक्रमणमा भएको लकडाउनमा नेपाल सरकारद्वारा वितरण गरिएको राहतमा समेत अनियमितता गरेका बताएका छन् । दैनिक ज्यालादारी विपन्न दलित गरिब सुकुम्बासीको राहत सम्पन्न, हुनेखाने तथा आफ्नो नातागोतालाई राहत वितरण गरेको उनीहरुको आरोप छ ।
गत बुधबार वडा कार्यालयमा अध्यक्षले बैठक डाकिएको थियो । कार्यालयमा अनुउपस्थित रहेका वडाअध्यक्षले भद्र भलादमी बुद्धिजिवी युवा तथा महिला लगायतका ठूलो संख्यामा भेला भएको थाहा पाएर बैठक नै स्थगित गरेको बताइएको छ । वडा सचिव बिरेन्द्रकुमार यादव समेत कार्यालयमा थिएन एक सहभागीले भने, जेठ ३२ गते सूचना टाँस गरी बोलाइएको बैठक निर्धारित समय भन्दा १ घण्टा अगाडि मात्र स्थगितको सूचना टाँस गरिएको थियो ।
बैठक स्थगित भएपछि आक्रोशित वडा सदस्य राजेन्द्रप्रसाद मरिक यादवको अध्यक्षतामा भण्डाफोर कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा समाजसेवी महानन्द झा, कुलानन्द झा, पूर्व इन्जिनियर योगेन्द्र मिश्र, प्रोफेसर त्रिभूवन यादव, डाक्टर देवलाल खंग लगायतले वडा अध्यक्षको काम कारबाहीले जनता मर्माहित भएको र यस्ता गतिविधिले विकासीय कार्य ओझेलमा पर्ने भन्दै सक्रिय रुपमा निगरानी बढाउनु पर्नेमा जोड दिएका थिए । यता सो सम्बन्धमा बुझ्न वडा अध्यक्ष जयप्रकाश यादवसँग पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
आज मेधशभित्र दलीय एकता खोज्दैनछ विभाजित मधेशी नेता, उपेन्द्र भने लुम्बिनीतिर
पुष १६, २०८१ मंगलबार
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
पुष १६, २०८१ मंगलबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार