क्वारेन्टाइनबाट घर गएका एक युवकको मृत्यु, रिपोर्ट नआउँदै अन्त्येष्टि
नेपालबहस संवाददाता
असार ५, २०७७ शुक्रबार २१:५८:३
५ असार, दार्चुला । दार्चुलामा आरडीटी टेस्टको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनबाट घर गएका एक युवकको मृत्यु भएको छ । बिहीबार साँझपख उनको घरमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा मार्मा गाउँपालिका–३ का २१ वर्षीय युवक छन् । मृतक युवकको बिहीबार साँझ नै स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको छ ।
गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्रसिंह धामीका अनुसार उनी जेठ ३० गते क्वारेन्टाइनबाट घर गएका हुन् । बेंग्लौरबाट जेठ २७ गते गौरीफन्टा नाका हुँदै आएका उनको धनगढी सेती प्रादेशिक अस्पतालमा गरिएको आरडीटी टेस्टको रिपोर्ट नेगेटिभ आएको थियो ।
यसैबीच, मृतक युवकको अन्त्येष्टि बिहीबार साँझ नै गरिएको छ । सुरक्षा सजगता अपनाएर मृतक युवकको अन्त्येष्टि गरिएको छ । मृतक युवकको अन्त्येष्टिमा परिवारका सदस्यसहित जम्मा सात जना मात्रै सहभागी भएको र अन्त्येष्टिमा सहभागी सबै जना अहिले होम क्वारेन्टाइनमा बसेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
मनाङको बाटो सधैँ जोखिमपूर्ण
असार १९, २०८१ बुधबार
बेनीका ग्रामीण क्षेत्रका सडक धमाधम कालोपत्र
असार १९, २०८१ बुधबार
अपांगता भएकालाई बाख्रा वितरण
असार १९, २०८१ बुधबार
संखुुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित
असार १९, २०८१ बुधबार
किसानलाई कृषि उपकरणसँगै बीउविजन वितरण
असार १९, २०८१ बुधबार