गण्डकीका सात जिल्लामा ५८ सङ्क्रमित थपिए, ४३८ पुगे
नेपालबहस संवाददाता
असार ६, २०७७ शनिबार १५:३०:८
६ असार, कास्की । गण्डकी प्रदेशका कास्की, तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, स्याङ्जा र बागलुङमा गरी आज ५८ जना नयाँ काेराेना भाइरस सङ्क्रमित थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान जारी गरेको पछिल्लो अद्यावधिक विवरण प्रदेश राजधानीसमेत रहेको जिल्ला कास्कीमा दुई, तनहुँमा २५, नवलपुरमा १६, गोरखामा पाँच, बाग्लुङमा आठ तथा म्याग्दी र स्याङ्जामा एक÷एक जना सङ्क्रमित थपिएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि गठन गरिएको उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, चितवनको भरतपुर अस्पताल र पोखरामा गरिएको परीक्षणअनुसार नयाँ सङ्क्रमण पुष्टि भएको जनाइएको छ । कास्कीको मादी गाउँपालिकाका ४१ वर्षीय पुरुष र १९ महिनाका बालिका छन् । तनहुँको ऋषिङ गाँउपालिकाका २८, २८, २८, ३७, २०, २३, २७, १९, १, २८, २०, ३३, २३, ३०, १६, २३, २३ २०, २३, २४, २८ ब्यास नगरपालिकाका २४ र २८ तथा शुक्लागण्डकी नगरपालिकाका ३५ र २२ वर्षीय पुरुष रहेका छन् ।
नवलपुरको बुलिङटार गाउँपालिकाका १७, ३६, ३०, ३७, २२, २०, ४१, ३३, २१, ३८ र २२ वर्षीय पुरुष, बौदीकाली गाउँपालिकाका ४७ वर्षीय पुरुष, मध्यबिन्दु नगरपालिकाका २५ र ४५ तथा विनयी त्रिवेणी गाउँपालिकाका २१ वर्षका पुरुष र देवचुली नगरपालिकाका १९ वर्षीय पुरुष छन् । त्यसैगरी गोरखाको भीमसेन गाउँपालिकाका ३६, ३३, २२, ३५ र २८ वर्षका पुरुष, म्याग्दीको मालिका गाउँपालिकाका ३० वर्षीय पुरुष तथा स्याङ्जाका पालिका नखुलेको २९ वर्षीय पुरुष रहेका छन् । बागलुङको काठेखोला गाउँपालिकाका २३, ३३, ३६, २४, ३४, ३९ र २२ वर्षका पुरुष तथा ३० वर्षीया महिला रहेका छन् ।
नयाँ सङ्क्रमित भारतबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेका र अहिले सबै जनालाई जिल्लास्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा हालसम्म मुस्ताङबाहेकका १० जिल्लामा सङ्क्रमण देखिएको छ । पछिल्लो अद्यावधिक विवरणअनुसार प्रदेशमा सङ्क्रमितको सङ्ख्या ४३८ पुगेको छ ।
हालसम्म स्याङ्जामा ७६, नवलपुरमा ११५, बागलुङमा ७४, पर्वतमा ४३, गोर्खामा ४१, तनहुँमा ६८, कास्कीमा १५, म्याग्दीमा चार तथा लमजुङ र मनाङमा एक–एक जना सङ्क्रमित छन् । हालसम्म ३९ जना विभिन्न अस्पतालमा उपचार पछि निको भएर घर फर्किएका छन् । एक जना सङ्क्रमितको भने मृत्यु भएको छ ।
प्रदेशमा हालसम्म आठ हजार ७५१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन (स्वाब) लिइएकामा छ हजार ९१९ जनाको नतिजा नेगेटिभ आएको छ । प्रयोगशलामा अझै एक हजार ४५२ जनाको नतिजा आउन बाँकी रहेको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
सुदूरपश्चिममा ३ सय ९७ जुवाडे पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
वाइवाइ यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र कर्णाली विजयी
कात्तिक २०, २०८१ मंगलबार
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम चाँडै अगाडि बढाउँछौं : मन्त्री पौडेल
कात्तिक २०, २०८१ मंगलबार
'रेड नोटिस' जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
छठ पूजाका लागि सिङ्गारिँदै धनगढीको मोहना घाट
कात्तिक २०, २०८१ मंगलबार
विद्युत् बक्यौता तत्काल तिराउने काम रोक्न माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज, प्राधिकरणलाई राहत
कात्तिक २०, २०८१ मंगलबार