कांग्रेसद्वारा नेता यदुप्रसाद अधिकारीको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
असार ६, २०७७ शनिबार २३:३१:३८
६ असार, काठमाडौं । नेपाली कांग्रेसले नेपाल शिक्षक सङ्घका पुराना एवं अग्रज नेता यदुप्रसाद अधिकारीको निधनप्रति दुःख व्यक्त गरेको छ । एक वर्षदेखि क्यान्सर रोगबाट पीडित अधिकारीको आज भरतपुर महानगरपालिका–८ स्थित आफ्नै निवासमा निधन भएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक शोक विज्ञप्तिमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । विसं २०१० फागुन १५ गते गोरखाको अजिरकोट गाउँपालिका–३ लप्सिकोटमा उनको जन्म भएको थियो ।
विसं २०५२ मा तत्कालीन माओवादीको साङ्घातिक आक्रमणबाट गम्भीर घाइते भएपछि उनलाई हेलिकोप्टरबाट उद्धार गरी उपचार गरिएको थियो । त्यसपछि उनी गाउँबाट विस्थापित भएका थिए । तत्कालीन समयमा उनी स्थानीय ज्ञानज्योति माविको प्राचार्य थिए र निवृत्त जीवनपश्चात् कांग्रेसको विभिन्न पदमा रहेर काम गर्दै आएको कांग्रेसले जनाएको छ ।
स्व अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनका एक श्रीमती र तीन छोरा छन । उनको आजै देवघाटमा अन्त्यष्टि गरिने पार्टी कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
नेपाली सेनाको मानार्थ ग्रहण गर्न भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज काठमाडौं आउने
मंसिर ५, २०८१ बुधबार
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
अमेरिकी डलरसहित युरो र पाउण्डको पनि मूल्य बढ्यो
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
आज तिल वा धनिँया मुखमा राखेर यात्रा गर्दा शुभ छ
मंसिर ५, २०८१ बुधबार