रुकुम ‘पश्चिम’मा कोरोनाको पहिलो संक्रमण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार ६, २०७७ आइतबार २:४१:४३
![](https://nepalbahas.prixacdn.net/media/albums/corona-test_gighK1ek7m.jpg)
६ असार, रुकुमपश्चिम । रुकुम ‘पश्चिम’मा पहिलो पटक एक जनामा काेराेना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पीसीआर परीक्षणका क्रममा मुसीकोट नगरपालिका –१२ का ३३ वर्षीय पुरुषमा आज कोरोना संक्रमण देखिएको हो ।
मुसीकोटबाट गत जेठ २४ गते २४४ जनाको स्वाब पठाइएकामा २० जनाको रिपोर्ट आएको र तिनमा एक जनाको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालय रुकुम ‘पश्चिम’का कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले जानकारी दिए ।
उनी भारतको महाराष्ट्र राज्यबाट आएका हुन् । गत जेठ दोस्रो साता जिल्ला आएका उनलाई वडा नं १३ को चौतारामा अवस्थित महेन्द्र माविमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा बसेको एक सातापछि स्वाब संकलनपछि उनलाई क्वारेन्टाइनमा बसेको १९ दिनपछि घर पठाइएको थियो ।
गत जेठ ३० गते घर गएका उनी परिवारका अन्य सदस्यसँग नभेटी छुट्टै होम क्वारेन्टाइनमा बसेको मुसीकोट –१२ का वडाध्यक्ष प्रेम ओलीले बताए । घर पठाइएको एक सातापछि र स्वाब संकलन गरिएको १४ दिनपछि रिपोर्ट आएको हो । कोरोना पोजेटिभ देखिएपछि उनलाई आइसोलेशनमा राखिएको छ ।
उनमा अहिलेसम्म कोरोनाको कुनै लक्षण नदेखिएको मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काको भनाइ छ । लक्षण नदेखिएकाले उनलाई वडा नं १ स्थित मुसीकोट खलंगा बहुमुखी क्याम्पसको आइसोलेशनमा राखिएको छ । यसैबीच उनका परिवारका सदस्यको समेत स्वाब संकलन गरेर परीक्षणका लागि सुर्खेत पठाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले बताए ।
यसअघि जिल्लाका एक व्यक्तिमा बाँकेमा उपचारका क्रममा कोरोना पुष्टि भए पनि जिल्लाबाट संकलन गरेर पठाइएका कुनै पनि स्वाबको रिपोर्ट पोजेटिभ आएको थिएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
बेनीका ग्रामीण क्षेत्रका सडक धमाधम कालोपत्र
असार १९, २०८१ बुधबार
अपांगता भएकालाई बाख्रा वितरण
असार १९, २०८१ बुधबार
संखुुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित
असार १९, २०८१ बुधबार
किसानलाई कृषि उपकरणसँगै बीउविजन वितरण
असार १९, २०८१ बुधबार
प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल
असार १९, २०८१ बुधबार
सचिव अधिकारीले लिए शपथ
असार १९, २०८१ बुधबार