गण्डकी प्रदेशमा एकै दिन १०८ कोरोना सङ्क्रमित थपिए
नेपालबहस संवाददाता
असार ६, २०७७ आइतबार २:४९:४६
६ असार, कास्की । गण्डकी प्रदेशमा आज मात्र १०८ जना नयाँ सङ्क्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले साँझ ७ः४५ बजे जारी गरेको विज्ञप्तिअनुसार ५० जनामा नयाँ सङ्क्रमण पुष्टि भएको जनाइएको छ । हालसम्म प्रदेशमा सङ्क्रमित ४८८ जना पुगेका छन् । यससँगै हिमालपारिको जिल्ला मुस्ताङमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशका अन्य १० जिल्ला सङ्क्रमण देखिँदा मुस्ताङमा देखिएको थिएन ।
मुस्ताङको घरपजोङ गाउँपालिकाका ८३ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि गठन गरिएको उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।
पछिल्लो अद्यावधिक विवरण अनुसार बाग्लुङमा २९, तनहुँमा दुई, नवलपरासी ‘बर्दघाट सुस्ता पूर्व’मा १८ र मुस्ताङमा एकजना छन् । यसअघि बिहान कास्की, तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, स्याङ्जा र बाग्लुङमा गरी ५८ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । नयाँ सङ्क्रमितहरु सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेकाहरु भएको र अहिले सबै जनालाई जिल्लास्थित आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए ।
गण्डकी प्रदेशमा हालसम्म सङ्क्रमितको सङ्ख्या ४८८ पुगेको छ । हालसम्म स्याङ्जामा ७६, नवलपरासीमा १३३, बागलुङमा १०३, पर्वतमा ४३, गोर्खामा ४१, तनहुँमा ७०, कास्कीमा १५, म्याग्दीमा चार तथा लमजुङ, मुस्ताङ र मनाङमा एक-एकजना सङ्क्रमित छन् । हालसम्म ३९ जना विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । एकजना सङ्क्रमितको भने मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
सुदूरपश्चिममा ३ सय ९७ जुवाडे पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
वाइवाइ यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र कर्णाली विजयी
कात्तिक २०, २०८१ मंगलबार
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम चाँडै अगाडि बढाउँछौं : मन्त्री पौडेल
कात्तिक २०, २०८१ मंगलबार
'रेड नोटिस' जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
छठ पूजाका लागि सिङ्गारिँदै धनगढीको मोहना घाट
कात्तिक २०, २०८१ मंगलबार
विद्युत् बक्यौता तत्काल तिराउने काम रोक्न माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज, प्राधिकरणलाई राहत
कात्तिक २०, २०८१ मंगलबार