आज बिहानै गण्डकीमा फेरि १६ संक्रमित थपिए
नेपालबहस संवाददाता
असार ७, २०७७ आइतबार १३:१८:५७
७ असार, कास्की । गण्डकी प्रदेशमा आज १६ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान जारी गरेको विज्ञप्तिमा बाग्लुङमा नौ, म्याग्दीमा चार, तनहुँमा एक र पर्वतमा दुई जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।
गण्डकी प्रदेशका ११ वटै जिल्लामा सङ्क्रमण पुष्टि भइसकेको छ । शनिबार साँझ हिमालपारिको जिल्ला मुस्ताङमा समेत सङ्क्रमण देखिएको थियो । प्रदेशमा हालसम्म सङ्क्रमितको सङ्ख्या ५०४ पुगेको छ । पछिल्लो अद्यावधिक विवरणअनुसार सङ्क्रमित बागलुङको गल्कोट नगरपालिकाका २२, २६, २२ र २१ वर्षका पुरुष, ढोरपाटन नगरपालिकाका ४८ वर्षीय पुरुष, काठेखोला गाउँपालिकाका ३२, ४० र २९ तथा बागलुङ नगरपालिकाका २१ वर्षका पुरुष छन् ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकाका ३० र नौ वर्षीया महिला तथा ३३ वर्षीय पुरुष, मङ्गला गाउँपालिकाका २० वर्षीय पुरुष छन् । तनहुँको ऋषिङ गाउँपालिकाका २९ वर्षीय पुरुष र पवर्तको कुश्मा नगरपालिका २७ र ३२ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।
सङ्क्रमितहरु सबै जनालाई अहिले जिल्लास्थित आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए । हालसम्म स्याङ्जामा ७६, नवलपरासीमा १३३, बागलुङमा ११२, पर्वतमा ४५, गोरखामा ४१, तनहुँमा ७१, कास्कीमा १५, म्याग्दीमा आठ तथा लमजुङ, मुस्ताङ र मनाङमा एक÷एक जना सङ्क्रमित छन् । हालसम्म ४९ जना विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् भने एक जना सङ्क्रमितको मृत्यु भएको छ ।
प्रदेशमा अहिलेसम्म पिसीआर विधिबाट कोभिड–१९ परीक्षणका लागि आठ हजार ७५१ जनाको नमूना सङ्कलन गरिएकामा छ हजार ९१९ जनाको नतिजा नेगेटिभ आएको छ । जसमा एक हजार ३२८ जनाको नतिजा आउन बाँकी रहेको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।
प्रयोगशालामा नमूना ‘पेन्डिङ’ हुन थालेपछि पछिल्लोपटक प्रयोगशालामा मेसिन र जनशक्ति बढाइएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशाला र प्रदेश क्षयरोग केन्द्रबाट नमूना परीक्षण गर्ने गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
सुदूरपश्चिममा ३ सय ९७ जुवाडे पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
वाइवाइ यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र कर्णाली विजयी
कात्तिक २०, २०८१ मंगलबार
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम चाँडै अगाडि बढाउँछौं : मन्त्री पौडेल
कात्तिक २०, २०८१ मंगलबार
'रेड नोटिस' जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
छठ पूजाका लागि सिङ्गारिँदै धनगढीको मोहना घाट
कात्तिक २०, २०८१ मंगलबार
विद्युत् बक्यौता तत्काल तिराउने काम रोक्न माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज, प्राधिकरणलाई राहत
कात्तिक २०, २०८१ मंगलबार