कुबेतबाट फर्केका सात जना महिलामा कोरोनाको पुष्टि
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार ७, २०७७ आइतबार १४:४०:३६
![](https://nepalbahas.prixacdn.net/media/albums/corona-5_oB8Jj4mXpd.jpg)
७ असार, भक्तपुर । कुबेतबाट फर्किएर भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा रहेका सात महिलामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा शनिबार भक्तपुर भनेर जानकारी दिइए पनि सङ्क्रमित भक्तपुरका स्थायी बासिन्दा नभई क्वारेन्टाइन बसेका महिला रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।
सङ्क्रमित पुष्टि भएका मोरङका ४२ र ४१ वर्षीया, कास्कीका २३ वर्षीया, नवलपरासीका २९ वर्षीया, झापाका २८ वर्षीया, बाराका २८ वर्षीया, सुर्खेतका २८ वर्षीया महिला रहेका छन् । शरीरको तापक्रम बढी देखिएपछि कुवेतबाट नेपाल फर्किएकामध्ये प्रदेश नं १ र २ का १०९ जनालाई भक्तपुरस्थित होल्डिङ सेन्टरमा नराखी खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको थियो । यसअघि गत बिहीबार खरिपाटी क्वारेन्टाइनमा रहेका नवलपुर गैँडाकोट निवासी २२ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यहाँ रहेका सबैको सोही दिन स्वाब सङ्कलन गरिएको थियो ।
सङ्क्रमित प्रहरीको परिवारमा कोरोना नेगेटिभ
गत बिहीबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङका प्रहरीको परिवारका सबै सदस्यको स्वाब परीक्षणमा कोरोना नेगेटिभ रिेपोर्ट आएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरको सञ्चार शाखामा कार्यरत सङ्क्रमित प्रहरीको परिवारका आठ जनाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।
सङ्क्रमित प्रहरीको सम्पर्कमा रहेका ३० प्रहरी कर्मचारीमध्ये २१ जनाको रिपोर्ट पनि कोरोना नेगेटिभ आएको उनले जानकारी दिए। परिसरका नौ प्रहरी र भक्तपुर नपा–५ भोलाछेंका सङ्क्रमित पुरुषका परिवार एवं छिमेकी ११ जनाको भने रिपोर्ट आउन बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
मनाङको बाटो सधैँ जोखिमपूर्ण
असार १९, २०८१ बुधबार
बेनीका ग्रामीण क्षेत्रका सडक धमाधम कालोपत्र
असार १९, २०८१ बुधबार
अपांगता भएकालाई बाख्रा वितरण
असार १९, २०८१ बुधबार
संखुुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित
असार १९, २०८१ बुधबार
किसानलाई कृषि उपकरणसँगै बीउविजन वितरण
असार १९, २०८१ बुधबार