सुत्केरीमा कोरोनाकाे पुष्टि भएपछि तीन वटा गाउँ शिल
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार ७, २०७७ आइतबार १६:९:४५
![](https://nepalbahas.prixacdn.net/media/albums/garbawati-1-e1569600800754_9c8J0n7RdP.jpg)
७ असार, गुल्मी । गुल्मीको गुल्मी दरबार गाउँपालिकामा एक जना सुत्केरीमा कोरोना संक्रमण पुष्टि भएपछि तीन वटा गाउँ शिल गरिएको छ । गुल्मी दरबार गाउँपालिका वडा नं ७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएको थियो ।
ल्मी दरबार गाउँपालिकाका वडा नम्बर ७ का अध्यक्ष टोपबहादुर बस्नेतले शनिबारै सूचना जारी गरी रोटेपानी, उखाप र रिपाहावासीलाई घरबाहिर ननिस्किन तथा बाहिरी मानिसहरुलाई पनि प्रवेश गर्न नदिन आह्वान गरेका छन् ।
ती महिलालाई आरडिटी पोजेटिभ देखिएपछि दुई दिनअघि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा रिफर गरिएको थियो । लुम्बिनी मेडिकल कलेज प्रभासबाट स्वाब संकलन गरेर भैरहवा पठाएकोमा शनिबार पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको हाे । उनका श्रीमान भारतबाट जेठ ११ गते गाउँ आएका थिए । १४ दिन क्वान्टाइनमा बसेपछि जेठ २७ गते आरडिटी नेगेटिभ आएकाले उनलाई घर पठाइएको थियो ।
त्यसको ११ दिनपछि उनकी श्रीमतीमा कोरोना संक्रमण पोजेटिभ देखिएको गुल्मी दरबार गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिए । अब कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा परिवारका अन्य सदस्यहरुको पनि कोरोना परीक्षण गरिने अर्यालले बताए ।
राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा शनिवार मात्रै गुल्मीको रेसुङ्गा नगरपालिकामा १८ जना, गुल्मी दरबार गाउँपालिकामा १ जना र छत्रकोट गाउँपालिकामा १ जना गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । गुल्मी जिल्लामा हाल कोरोना संक्रमितको संख्या १७४ पुगेको छ । ६ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट एक हजार २६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा चार सय २९ जनाको रिपोर्ट आउन बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
बेनीका ग्रामीण क्षेत्रका सडक धमाधम कालोपत्र
असार १९, २०८१ बुधबार
अपांगता भएकालाई बाख्रा वितरण
असार १९, २०८१ बुधबार
संखुुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित
असार १९, २०८१ बुधबार
किसानलाई कृषि उपकरणसँगै बीउविजन वितरण
असार १९, २०८१ बुधबार
प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल
असार १९, २०८१ बुधबार