याे बर्ष दुई सय जनालाई विभूषण
नेपालबहस संवाददाता
असार ७, २०७७ आइतबार १८:९:२७
७ असार, काठमाडौं । गृह मन्त्रालयले यस पटक विभूषण पाउने व्यक्तिको संख्या तोकेको छ । जसमा दुई सय जनालाई मात्र विभूषण दिने निर्णय भएको गृहसचिव महेश्वर न्यौपानेले बताए । यहि असार २ गते बसेको मन्त्रिपरिषद बैठकले विभूषणसम्बन्धी नियमावली संशोधन गरेको मन्त्रालयले जनाएको छ ।
गृहको विभूषण शाखाकी उपसचिव बन्दना राईका अनुसार अब मानपदवी एक सय, अलंकार र पदक ५०र५० जनाले पाउनेछन् । साथै पदकको वर्गीकरण पनि हुनेछ । ‘जस्तै, जनसेवाश्री प्रथमदेखि पञ्चमसम्म हुन्छ, त्यो कुरा पदकमा उल्लेख हुँदैन थियो’, ‘त्यसैले अब पदकमा पनि प्रथमदेखि पञ्चमसम्म कुन हो छुट्टाउने गरी प्रस्ताव भएको छ । समाजका बिभिन्न क्षेत्रमा योगदान पु¥याएकाहरुलाई वैशाख १ गते नयाँ वर्षको अवसरमा राष्ट्रपतिबाट मानपदवी, विभूषण र अलंकार वितरण गर्ने चलन छ । तर कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्षको वैशाखमा भने वितरण गरिएन ।
दुई सय ४६ पूर्वसभासद्ले लिएनन् पदक
राष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष १६ जेठमा संविधान निर्माणमा महत्वपूर्ण योगदान दिएको भन्दै पहिलो र दोस्रो संविधानसभाका सभासद्हरुलाई संविधानसभा पदक दिएकी थिइन् । एउटा पदकका लागि करिब ५० हजार रुपैयाँ खर्च गरेर बनाइएको पदक दुई सय ४६ पूर्वसभासद्ले लिएनन् । पदक नलिएपछि २३ माघमा गृह मन्त्रालयले सूचना नै जारी गरेर लिन आउन आह्वान गरेको थियो ।
पदक नलिनेमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, विजयकुमार मच्छदार, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, प्रकाशशरण महत, वामदेव गौतम, महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, उपेन्द्र यादव, नारायणमान विजुक्छेलगायत थिए । सूचना जारी गरेपछि पनि लिन नआउने कतिपय सभासद्को पदक गृहले घरमै पनि पु¥याइदिएको थियो ।
यस्ताे छ, मापदण्ड
विभूषण सिफारिस कार्यविधि एवं प्रदान सम्बन्धी मापदण्ड, २०७५ ले नेपाली नागरिक वा विदेशी नागरिकले स्वदेश तथा विदेशमा रहेर उल्लेखनीय काम गरेर आ-आफ्नो क्षेत्रमा विशिष्ट योगदान दिए विभूषण प्रदान गर्न सिफारिस गर्न सक्ने व्यवस्था गरेको छ ।
जसमा राजनीतिक, सामाजिक, आर्थिक, शान्ति सुरक्षा र प्रशासन, शिक्षा, स्वास्थ्य, सूचना, सञ्चार, विज्ञान, प्रविधि, अन्वेषण, अनुसन्धान, खेलकुद र राष्ट्रिय जीवनका अन्य महत्वपूर्ण व्यक्तिलाई पदक दिन सकिने भनिएको छ । नेपालरत्न, राष्ट्र गौरव, राष्ट्रदीप र जनसेवाश्री गरी चार प्रकारका पदक प्रदान गर्ने गरिन्छ । नेपालरत्न वर्षमा एक जनालाई मात्र दिइन्छ ।
विभिन्न निकायको हकमा जनशक्तिका आधारमा कोटा निर्धारण गरिएको छ । जसअनुसार नेपाली सेनातर्फ बर्सेनी २५, नेपाल प्रहरीमा २०, सशस्त्र प्रहरी बलमा १२ र राष्ट्रिय अनुसन्धानतर्फ ४ जनालाई पदक दिने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
नेपाली सेनाको मानार्थ ग्रहण गर्न भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज काठमाडौं आउने
मंसिर ५, २०८१ बुधबार
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
अमेरिकी डलरसहित युरो र पाउण्डको पनि मूल्य बढ्यो
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
आज तिल वा धनिँया मुखमा राखेर यात्रा गर्दा शुभ छ
मंसिर ५, २०८१ बुधबार