‘सहजतामा हाइहाइ, असहजतामा बाइबाइ’
नेपालबहस संवाददाता
असार ७, २०७७ आइतबार २०:८:२८
७ असार, बनेपा । चितवनका सञ्चारकर्मी अनिल ढकाल बन्दाबन्दीको शुरु–शुरुमा ‘हिँडेरै घर फर्कनेहरुको पीडा’ रिपोर्टिङ सम्झिरहेका हुन्छन् । उनले भने, “रिपोर्टिङ गरेर समाचार लेखुञ्जेल खुशी भएँ, जब बेलुका फर्केर घरको ढोकामै पुगेँ, दुई वर्षको छोराले बाबा ! भनेर लिन आएपछि होस् नै उड्यो ।” उनले त्यसबेलाको अवस्था सम्झँदै भने, “कतै मैले कोरोना त बोकेर आएको छैन ? आफूले आफैँलाई प्रश्न गरेँ र छोरालाई काखमा लिनै सकिनँ ।” भीडमा गएर पत्रकारिता गर्दा कस्तो मान्छेलाई भेँटे होला भनेर अहिले पनि मन पोलिरहने उनको भनाइ छ ।
पत्रकारिता पेशाका कारण घरपरिवारसँग खुशीले बस्न सक्ने अवस्था छैन । उनले भने, “यस्तो बेला मन साह्रै पोल्दोरहेछ ।” यसरी काम गरिरहँदा कोरोना परीक्षण गरेर ढुक्क हुने अवस्था सिर्जना गर्न स्थानीय सरकारसँग माग गर्दा आरडिटी गर्नसमेत सहयोग नगरेको उनले गुनासो राखे ।
प्रेस काउन्सिल नेपालको आयोजना, नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशको समन्वय र काभ्रेपलाञ्चोक जिल्ला शाखाको संयोजनमा धुलिखेलमा आयोजित ‘सञ्चार क्षेत्रमा कोरोना महामारीको असर र पत्रकार आचारसंहिता’ विषयक प्रदेशस्तरीय शनिबार सम्पन्न दुईदिने कार्याशाला गोष्ठीमा उनले कोभिड–१९ ले आम सञ्चार क्षेत्र र सञ्चारकर्मीलाई पारेको असरमा आफ्नो भोगाइ र समस्या राखे । उनले अहिले कसैले सहयोग नगरेको सुनाए ।
“विगतमा समाचार लेखेर सहयोग पुगेको व्यवसाय, व्यक्ति, संस्था र स्थानीय सरकारका नेतृत्व गर्नेहरु यस्तो बेलामा पत्रकारलाई सहयोग गर्न आग्रह गर्दा पनि वास्ता गर्दैनन् । ” उनले भने । महासङ्घ धादिङ शाखाका अध्यक्ष नवराज छत्कुलीले सञ्चारकर्मी लागि ‘सहजतामा हाइहाइ, असहजतामा बाइबाइ’को अवस्था रहेको छ भने । स्थानीय सरकार, सङ्घसंस्था र सहयोगी निकाय सबैसँग आग्रह गरे पनि सहयोग नपाएपछि जोखिमका समयमा सञ्चारकर्मीलाई रु दुई लाखको दुर्घटना बीमा र रु एक लाखको कोरोना बीमा गरेर दुःखमा मल्हम लगाउने काम गरेको उनले बताए । मकवानपुरका सञ्चारकर्मी रिपेश दाहालले महामारीमा सञ्चारकर्मीले आर्थिक अभाव झेल्नु परिरहेको दुःखेसो व्यक्त गरे ।
महासङ्घका सिन्धुली जिल्ला अध्यक्ष राजन कार्कीले समाचार सङ्कलनका लागि खटिने सञ्चारकर्मीका लागि स्वास्थ्य सुरक्षा सामग्री ‘स्यानिटाइजर, ग्लोब्स र मास्क’समेत पाउन नसकेको र यसका लागि महासङ्घ प्रदेश र सङ्घीय समितिले सहयोगको लागि पहल नगरेको गुनासो गरे । महासङ्घ काभ्रे शाखा सचिव नगेन्द्र अधिकारीले जोखिमको अवस्थामा काम गर्ने सञ्चारकर्मीलाई उनीहरुले गरेको सूचना समाचार सम्प्रेषणका आधारमा महासङ्घ, स्थानीय सरकार र राज्यले आवश्यक सहयोग गर्नुपर्ने बताए।
महासङ्घ दोलखा शाखाका अध्यक्ष जीवन लामा, नुवाकोट अध्यक्ष विष्णु तारुके, सिन्धुपाल्चोक अध्यक्ष महेश श्रेष्ठलगायतले जिल्लाका सञ्चारकर्मीले कार्यक्षेत्रमा निरन्तर खटिरहेका सञ्चारकर्मीको कोरोना परीक्षण गर्न स्थानीय सरकारसँग आग्रह गर्दा पनि आरडिटी र पिसीआरको सुविधासमेत नपाएको बताए । यसका लागि महासङ्घ प्रदेश र सङ्घीय समिति तथा प्रेस काउन्सिल नेपालले आवश्यक पहल गरिदिन उनीहरुले आग्रह गरे ।
प्रेस काउन्सिल नेपालका सदस्य ईश्वरी ओझाले संस्थागतरूपमा अग्रपङ्क्तिमा रहेर काम गर्ने सञ्चारकर्मीको बीमा, स्वास्थ्य परीक्षणलगायत पाँच बुँदे मागपत्र सरकारलाई पेश गरेको बताए । महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको समस्याको सम्बोधनका लागि संस्थागतरूपमा लागिपरेको बताए । तत्काल भएको समस्यालाई सम्बोधन गर्न नसके पनि त्यसले पार्ने प्रभावका लागि सकेको सहयोग गर्न सबैसँग समन्वय गरेर अगाडि बढिरहेको उनले जानकारी दिए ।
धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले नगरपालिका सङ्घको तर्फबाट संस्थागत रूपमा छलफल गरी सञ्चारकर्मीको हितमा काम गर्न सकिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल
असार १६, २०८१ आइतबार
खोकनाको हिलोमा रमाए राजेश हमाल देखि विदेशी पाहुनासम्म ! [ फोटोफिचर ]
असार १६, २०८१ आइतबार
तस्वीरहरूमा हेरौँ, बाढीको दुई वर्ष पछिको मेलम्ची
असार १५, २०८१ शनिबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली
असार १७, २०८१ सोमबार
खुट्टाले लेखेर एसइई उत्तीर्ण भएका उमेश खत्री
असार १७, २०८१ सोमबार
फ्रान्समा पहिलो चरणको मतदानमा राष्ट्रपति म्याक्रोनको दल तेस्रो स्थानमा
असार १७, २०८१ सोमबार
पहिरोले पुरिँदा ५ वर्षीय बालकको मृत्यु
असार १७, २०८१ सोमबार
भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १७, २०८१ सोमबार
प्रतिनिधि सभा बैठक : आज गृह, अर्थ र शिक्षा मन्त्रीले जवाफ दिने
असार १७, २०८१ सोमबार