महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रोत्साहन भत्ता
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार ७, २०७७ आइतबार २१:२:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/FCHV_arrive_ZzFPX4aFcb.jpg)
७ असार, सिञ्जा । जुम्लाको गुठीचौर गाउँपालिकाले स्वास्थ्यमा महिला स्वास्थ्य स्वयम्सेविकाले पु¥याएको योगदानको उच्च कदर गर्दै ५० जनालाई ‘प्रोत्साहन भत्ता’ उपलब्ध गराएको छ । गाउँपालिकाका १ देखि ५ वडाभित्र कार्यरत उनीहरुलाई जनही रु सात हजार पाँच सय प्रदान गरिएको अध्यक्ष हरिबहादुर भण्डारीले जानकारी दिए ।
यसका लागि प्रदेश सरकारले रु ६ लाख ७५ हजार विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर गिरीले बताए । अध्यक्ष भण्डारीले भने, “ रकमले उनीहरु उत्साहित छन् । स्वयम्सेविकाले गाउँघरका नागरिकलाई निःशुल्क सेवा दिइरहेका छन् । जुनसुकै अवस्थामा स्वास्थ्य स्वयम्सेविका खटिने गर्छन् तर सेवासुविधा पाउन सकिरहेका छैनन् । स्वास्थ्य स्वयम्सेविकाको कामको उच्च मूल्याङ्कन गर्दै काम गर्ने हौसला प्रदान गर्न गाउँपालिकाले प्रोत्साहन भत्ता दिइएको हो ।”
भत्ता पाउँदा घरायसी खर्च जुटाउन सजिलो भएको वडा नं ३ का महिला स्वास्थ्य स्वयम्सेविका धनलक्ष्मी कठायत ‘महताराको’ भनाइ छ । स्वयम्सेविकाले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप, गर्भवतीलाई आइरन चक्की वितरण, बालबालिकालाई भिटामिन खुवाउने लगायत स्वास्थ्यका आधारभूत काममा साथ दिँदै आइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
बेनीका ग्रामीण क्षेत्रका सडक धमाधम कालोपत्र
असार १९, २०८१ बुधबार
अपांगता भएकालाई बाख्रा वितरण
असार १९, २०८१ बुधबार
संखुुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित
असार १९, २०८१ बुधबार
किसानलाई कृषि उपकरणसँगै बीउविजन वितरण
असार १९, २०८१ बुधबार
प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल
असार १९, २०८१ बुधबार