नागरिक बचतपत्रको निष्काशनको बिक्री अवधि थप
नेपालबहस संवाददाता
असार ७, २०७७ आइतबार २३:५३:५४
७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र २०८२ को निष्काशनको बिक्री अवधि थप गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत पाँचवर्षे अवधिका लागि बिक्री गर्न लागिएको उक्त बचतपत्रको अवधि यही असार २९ गतेसम्मका लागि बढाइएको जनाएको हो ।
रु चार अर्ब बराबरको ‘नागरिक बचतपत्र २०८२’ नाम दिइएको उक्त बचतपत्रमा वार्षिक नौ प्रतिशत व्याज प्राप्त हुनेछ । व्याजकर लाग्ने भए पनि छ÷छ महिनामा भुक्तानी हुने व्यवस्था गरिएको छ । घटीमा १० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ रु १० हजारले भाग गर्दा निषेश भाग जाने अङ्क बराबरको खरिद गर्न पाइने व्यवस्था गरिएको छ ।
नेपाली नागरिकले मात्र खरिद गर्न पाउने उक्त बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन पाउने सुविधासमेत दिइएको छ । बैंकले गत जेठ १ गतेदेखि जेठ मसान्तसम्म मात्रै सो बचतपत्र बिक्री गर्ने जनाएको थियो । लकडाउन तथा कोरोना लगायतका कारणले गर्दा अवधि थप गरिएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार