लकडाउन अवधिकाे पनि शुल्क तिर्न निजी विद्यालयको आग्रह
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार ७, २०७७ सोमबार १:०:४८
![](https://nepalbahas.prixacdn.net/media/albums/school-1-1_rbn9M3zF5S.jpg)
७ असार, काठमाडौं । निजी विद्यालय सञ्चालकहरूको छाता संगठन प्याब्सन र एन–प्याब्सनले अभिभावकलाई शुल्क तिर्न आग्रह गरेको छ। आइतबार प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन-प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले संयुक्त विज्ञप्ति निकालेर लकडाउन बेलाको पनि शुल्क तिर्न विद्यार्थीका अभिभावकलाई आग्रह गरेका हुन्।
विद्यालयमा उपस्थित भई पूरानो शुल्क बाँकी रहेको भए चुक्ता र नयाँ शैक्षिक सत्रअनुसार विद्यार्थी भर्ना गरी शुल्क उपलब्ध गराइदिन अभिभावकलाई उनीहरूले आग्रह गरेका हुन्।
सबैलाई थाहा भएकाे कुरा हाे, कोरोना भाइरसका कारण देशैभरका निजी तथा सरकारी विद्यालयहरू चैतबाटै बन्द छन् । सरकारले चैत महिनाको शुल्क नलिन विद्यालयहरूलाई भनेको छ भने त्यसपछि पनि अनलाइन कक्षाको समेत शुल्क लिन नपाइने भनेको छ।
तर कोरोना महामारीका कारण अत्यन्तै जटिल अवस्थामा पुगेको भन्दै विद्यालय सञ्चालकहरूले शुल्क तिर्न अभिभावकहरूलाई आग्रह गरेका छन् । लकडाउनले गर्दा विद्यालयको आम्दानी शून्य भएको, देशभरि करिब दुई लाख शिक्षक-कर्मचारीको जीवनयापन कठिन भएको, विद्यालयहरूले भाडा र ऋणको ब्याज तिर्न नसकेको प्याब्सनको दाबी छ ।
यसैबीच, निजी विद्यालयले गत वैशाखदेखि आफ्नै पहलमा वैकल्पिक विधिबाट पठनपाठन गराउँदै आएको पनि उल्लेख गरेका छन्। प्याब्सन र एनप्याब्सनले घुमाउरो भाषामा अनलाइन कक्षाको शुल्क उठाउने स्पष्ट संकेत गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधि बनाएर अनलाइन कक्षा सुरु भएको एक हप्तामै विद्यालय सञ्चालकहरूले २०७७ सालको शुल्क तिर्न आग्रह गरेका छन् । वैशाख, जेठमा छिटफुट अनलाइन कक्षा भए पनि रुटिन बनाएर पढाउन सुरु भएको असार १ गतेदेखि हो । अर्थात् २०७७ को शुल्क भन्नुको अर्थ त्यही छिटफुट अनलाइन कक्षाको शुल्क हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंस्कृत विश्वविद्यालयको ९ सय १० बिगाहा जग्गा अतिक्रमण
फागुन ६, २०८१ मंगलबार
स्ववियु निर्वाचनमा क्याम्पसलाई हानी–नोक्सानी हुने गरी प्रचार गर्न नपाइने
फागुन ५, २०८१ सोमबार
कक्षा १२ को परीक्षा आगामी वैशाख १२ देखि हुने
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने
फागुन ६, २०८१ मंगलबार
विद्युतीय व्यापार (इ–कमर्श) विधेयक पारित
फागुन ६, २०८१ मंगलबार
संस्कृत विश्वविद्यालयको जग्गामा तीन दलका नेता–कार्यकर्ताको रजाई
फागुन ६, २०८१ मंगलबार
संस्कृत विश्वविद्यालयको ९ सय १० बिगाहा जग्गा अतिक्रमण
फागुन ६, २०८१ मंगलबार
नेपालमा बसेर अनलाइनमा डेढ अर्ब बढीको जुवा, हारजितको रकम भारतका विभिन्न बैंक खातामा जम्मा
फागुन ६, २०८१ मंगलबार