सोमबार विहानै नवलपुरमा २४ जना कोरोना संक्रमित थपिए
नेपालबहस संवाददाता
असार ८, २०७७ सोमबार १५:३१:५०
८ असार काठमाडौं । पूर्वी नवलपरासी नवलपुरमा थप १६ जना कोरोना संक्रमित थपिएका छन् । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुर जिल्लाको बुलिङ्गटार गाउँपालिकाका १४ र गैंडाकोट नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो ।
यससँगै सोमबार विहानमात्रै नवलपुरमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २४ पुगेको छ । यसअघि सोमबार बिहान नै गण्डकी प्रदेशको क्षयरोग केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुरको बौदिकाली गाउँपालिकाका ८ जनामा कोरोना पुष्टि भएको थियो ।
चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएका बुलिङ्टारका १४ जना संक्रमित सबै पुरुषहरु हुन् । उनीहरु १८ देखि ४० वर्ष उमेर समूहका छन् ।यस्तै गैंडाकोट नगरपालिका ३५ वर्षीय पुरुष र २८ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । भरतपुरस्थित प्रयोगशालामा पछिल्लो पटक कूल २७० नमुना परीक्षण गरिएकामा चितवनका ५ जनामा समेत कोरोना पुष्टि भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
आइतबार १० अंकले घट्यो नेप्से, ८ अर्ब ३३ करोडका शेयर खरिदबिक्री भए
मंसिर १६, २०८१ आइतबार
झापामा बेसारखेती गर्ने कृषकको सङ्ख्या वृद्धि
मंसिर १६, २०८१ आइतबार
बेमौसमी काँक्रा बेचेर डेढ लाख बढी आम्दानी
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
चार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार