प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ हजार ४ सय भन्दा बढी
नेपालबहस संवाददाता
असार ८, २०७७ सोमबार १६:१:३४
८ असार, बुटवल । प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ हजार ४ सय ३९ पुगेको छ । आइतबार देशभर ४ सय २१ जना नयाँ संक्रमित थपिँदा प्रदेश ५ मा १ सय ४६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । आइतबार अर्घाखाँची जिल्लामा सबैभन्दा धेरै ६५ जनामा कोरोना संक्रमण देखिएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ ।
अर्घाखाँचीपछि कपिलवस्तुमा २५ जना, नवलपरासी पश्चिममा २१ जना र प्युठानमा २० जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका तथ्यांक अधिकृत मनबहादुर वलीले जानकारी दिए । यसैगरी गुल्मीका ५, पाल्पाका २, रूपन्देहीका १, बाँकेका १, बर्दियाका ३ र रोल्पाका ३ जनामा पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको वलीले बताए ।
निर्देशनालयले आइतबार राति साढे ८ बजे अद्यावधिक गरेको तथ्यांक अनुसार प्रदेश ५ का १२ जिल्लामध्ये कपिलवस्तु जिल्लामा सबैभन्दा धेरै ७०३, बाँकेमा ३४२, दाङमा २६०, रूपन्देहीमा २५०, अर्घाखाँचीमा २३९, गुल्मीमा १८०, बर्दियामा १५४, प्युठानमा १०१, पाल्पामा ७९, नवलपरासी पश्चिममा ७३, रोल्पामा ४४ र रूकुम पूर्वमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश ५ मा कोरोना भाइरस संक्रमणका कारण १० जनाको मृत्युु भएको र ९ सय ३३ जना उपचारपछि निको भएर घर फर्किएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेशका चारवटा कोरोना विशेष अस्पताल र आइसोलेसन सेन्टरमा समेत गरी १२ सय १८ जना उपचाररत छन् । तीमध्ये ७ जना आईसीयूमा छन् । आइतबारसम्म प्रदेश ५ मा ८ हजार बढी स्वाबको पीसीआर परीक्षण रिपोर्ट आउन बाँकी छ भने १२ जिल्लाका क्वारेन्टाइनमा २२ हजार ५ सय २१ जना रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिक्त दरबन्दीमा जनशक्ति थप्दै नारायणी अस्पताल
असार २३, २०८१ आइतबार
आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकारको रणनीति
असार २०, २०८१ बिहिबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार