अगाहखोला क्षेत्र नजीकै पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध
नेपालबहस संवाददाता
असार ८, २०७७ सोमबार १७:५०:३६
८ असार, पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको माथागढी गाउँपालिकाको अगाहखोला क्षेत्र नजीकै पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको छ । आर्यभन्ज्याङ–राम्दी सडक खण्डको अगाह खोलामा आज बिहान पहिरो खस्दा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।
राजमार्ग अवरुद्ध भई अत्यावश्यक यातायातका साधन सञ्चालन हुन नसक्दा यात्रुले दुःख पाएका छन् । वर्षाका कारण पूर्वखोला गाउँपालिकाको चापगौरामा पहिरो जाँदा तानसेन–रामपुर सडकको पक्की खण्ड पनि अवरुद्ध भएको छ ।
तानसेन –हार्थोक सडकखण्डमा पनि चारपाँच स्थानमा पहिरो खस्दा यातायातका साधन सञ्चालन आउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । अवरुद्ध सडक खोल्ने प्रयास भइरहेको जनाइएको छ । वर्षा नरोकिएकाले सडक खोल्न समस्या भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार