झापाका सबै स्थानीय तहमा स्वास्थ्य सामाग्री पु¥याउने मेची अभियानको घोषणा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
असार ८, २०७७ सोमबार १८:१:१२
![](https://nepalbahas.prixacdn.net/media/albums/mechi-abhiyan_se2yfcqoUi.jpg)
८ असार, दमक । झापा जिल्लामा स्थापित मेची अभियान नामक सहयोगी संस्थाले झापाका सबै स्थानीय निकायहरुमा बिभिन्न प्रकारका स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ । सोही क्रममा आज दमक नगरपालिकामा पनि स्वास्थ्य सामाग्री वितरण गरिएको अभियानका सदस्य राजेन्द्र गौतमले नेपालबहस डटकमलाई जानकारी दिएका छन् ।
कार्यक्रममा मेची अभियानका संयोजक बिजय डालमिया, नेपाली कांग्रेसका केन्द्रिय प्रवक्ता विश्वप्रकाश शर्मा, दमक नगरपालिकाका मेयर रोमनाथ ओली, नेपाली कांग्रेसका महासमिति सदस्य शेरबहादुर भट्टराई, क्षेत्रिय सभापति ढुण्डीराज भण्डारी लगायत नेपाली कांग्रेस दमकका स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
वर्तमान समयमा कोभिड १९ को संक्रमण बढदै गर्दा झापामा आज पनि कोरोन रोगको संक्रमण बढिरहेको छ । यस्तो माहामारीमा सरकार एक्लैले मात्र यस माहामारीलाई रोकथाम र नियन्त्रण गर्न संभव नहुने हुँदा यस्ता राष्ट्रिय बिपत्तिमा सरकारसँग सबैले हातेमालो गर्न आवश्यक हुन्छ भन्दै मेची अभियानले झापा जिल्लाका सम्पूर्ण १५ वटै स्थानीय निकायमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । “सबैले सबैलाई सकेको सहयोग गरौं” भन्ने महान अभियान अन्तर्गत मेची अभियानले काम गरिरहेको अभियानका संयोजक विजय डालमियाले नेपालबहस डटकमलाई बताए ।
२०७२ सालमा देशमा गएको बिनाशकारी महाभुकम्पको बेलामा भुकम्प पीडितहरुलाई सहयोग गर्नका लागि मेची नगरपालिकाका स्थानीय युवाहरुले कांग्रेस नेता विश्वप्रकाश शर्माको अगुवाईमा देशका बिभिन्न भागमा भुकम्प पीडितलाई आवश्यक सहयोग गर्नका लागि मेची अभियान नामक संस्था स्थापना भएको थियो । सोही संस्थाले अहिले कोरोना रोगको महामारीका समयमा नेपाल भारत सीमामा र भारततर्फ नै अडकिएर बसेका नेपाली नागरिकहरुलाई भारतकै क्वारेन्टाईनमा खानाको ब्यवस्था समेत गरेको तथा देशभित्र ल्याईसकेपछि पनि होल्डिङ्ग सेन्टर र क्वारेन्टाईनमा खाना, स्वास्थ्य सामाग्री व्यवस्थापन गर्दै आएको छ । पछिल्लो पटक झापाका सम्पूर्ण स्थानीय तहलाई स्वास्थ्य सामाग्री वितरण गर्ने सोचका साथ संस्थाले अबका दिनमा संक्रमितहरुको संख्या बढन भएकाले पीसीआर टेष्ट पनि बढाउनु पर्ने भएकोले भीटीएम कीटको अभाव स्थानीय तहमा नहोस् भन्नका लागि दमक नगरपालिकालाई ५० थान भीटीएम कीट उपलब्ध गराउन लागेको जानकारी गराईएको थियो ।
यसका साथै मेची अभियानले दमक नगरपालिकालाई ५ थान पीपीई सेट, १०० थान माक्स र १ कार्टुन सेनिटाईजर समेत बितरण गरिएको अभियानका सदस्य राजेन्द्र गौतमले बताए । आज दमकमा गरिएको हस्तान्तरसँगै माथि उल्लेखित स्वास्थ्य सामाग्रीहरु झापाका १५ वटै स्थानीय तहलाई हस्तान्तरण गरिसकिएको समेत कार्यक्रममा जानकारी गराईएको थियो । उक्त स्वास्थ्य सामाग्रीहरु नेपाली कांग्रेसका केन्द्रिय प्रवक्ता विश्वप्रकाश शर्मा र मेची अभियानका संयोजक बिजय डालमियाले दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
हस्तान्तरिक सामाग्री बुभ्mदै दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले यस्तो बिपद्को घडीमा दमक नगरपालिकालाई स्वास्थ्य सामाग्री बितरण गरेर मानविय सहयोग पुर्याउनु भएकोमा मेची अभियानका सम्पूर्ण टीमलाई हार्दिक धन्यवाद दिदै दमक नगरपालिकाले अत्यन्त सावधानीका साथ काम गरिरहेकोले दमकमा अन्यत्र जस्तो संक्रमितहरुको संख्या बढन नपाएको बताउँदै सम्पूर्ण नगरबासीलाई रोगको संक्रमण फैलन नदिन आवश्यक साबधानी अपनाउन पनि अनुरोध गरेका थिए ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता तथा दमक नगरसमितिका सचिव, दमक उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष एवं स्थानीय समाजसेवी प्रकाश प्रसाईले मेची अभियान मेचीबाट दमक आईपुग्दा हामी किन पछाडि पर्र्यौ भन्दै प्रकाश रेगिनाको तर्फबाट दमकका एक हजार जनाको स्वाब टेष्ट गर्ने जिम्मेवारी आफुहरुले लिने, यसका लागि आवश्यक पर्ने सम्पूर्ण खर्च प्रकाश रेगिना प्रसाईले ब्यहोर्ने घोषणा गर्दै सहयोगी भूमिका निर्वाह गरिदिन दमक नगरपालिकालाई अनुरोध गरेका थिए । सो अवसरमा सहयोगी प्रकाश र समाजसेवी रेगिनालाई दमक कांग्रेसका तर्फबाट हार्दिक धन्यवाद समेत दिईएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिक्त दरबन्दीमा जनशक्ति थप्दै नारायणी अस्पताल
असार २३, २०८१ आइतबार
आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकारको रणनीति
असार २०, २०८१ बिहिबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार